गजल: सुब्बा भावाना(पृथक प्रकृति)

अप्रत्याशित हो परिन्छ कसैको कदरमा यहाँ ।
जानीनजानी कोही गिर्न नपरोस् नजरमा यहाँ ।

जबहुन्छ आफ्नै नजीकको मान्छेबाट बिश्वास घात
निराशाको बादल लागेको हुन्छ अधरमा यहाँ ।

प्रफुल्ल भइ आफै जानीजानी बटुलेर उमंग
कस्को मन होला जीवन जिउन बगरमा यहाँ ।

आफन्त पनि खै किनकिन हो बिरानो हुँदा रैछन्
नितान्त एक्लो भएकीछु कोलाहल शहरमा यहाँ ।

लाग्छ सुख शान्ति भन्ने कुरा लेखिएको रहेनछ
जहिल्यै पीडित भएर बाँच्नेको खप्परमा यहाँ ।

राजदरबारको हत्याकाण्ड कस्ले रची गरायो
आएन कहिल्यै पनि त यथार्थ खबरमा यहाँ ।

भुकम्प पहिरो आएर बीभत्स बनाएको थियो
गएको त्यो साल दुई हजार बहत्तरमा यहाँ ।

कहिलेकाही कल्पना सम्म नगरेको हुने गर्छ
भेट्न् सकिन्छ असाहाय रोगी सफरमा यहाँ ।

निस्वार्थ सेवाको भावना चाहिँ अह हुँदैन तर
रुपैयाँ,दूध बगाएको देखिन्छ पत्थरमा यहाँ ।

 

सुब्बा भावाना(पृथक प्रकृति)

Leave a Reply

Your email address will not be published. Required fields are marked *