गाईजात्रा महोत्सवमा समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी (फोटो फिचर)

काठमाडौ २४ साउन- काठमाडौको वशन्तपुर् दरबार क्षेत्रमा, नेपालमा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक सममुदायको मातृ संस्था नील हिरा समाजले हरेक बर्ष जस्तै यो बर्ष पनि गाइजात्रा महोत्सव गर्न गरेको छ ।

सन् २००१ मा स्थापना भएको समाजले हरेक बर्ष जस्तै यो बर्ष पनि काठमाडौंमा गाइजात्रा महोत्सव मनाउन लागेको र यो महोत्सवमा सहभागी हुन देशभरीका समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी समुदायका सदस्यहरु काठमाडौं आएका थिए ।

बर्षभरी दिवंगत भएका समुदायका सदस्यको आत्मा शान्तिको कामना गर्न बसन्तपुमा हरेक बर्ष गाइजात्राकै दिन दिपप्रज्वलन गरिन्छ । त्यसका लागि काठमाडौंको ठमेल संचयकोष अगाडी विभिन्न भेष भुषा, झाँकी, बाजागाजा सहित समुदायका सदस्य भेला भएर नर्सिङ चोक, क्षेत्रपाटी, भेडासिंह, इन्द्रचोक हनुमानढोका हुँदै बसन्तपुर पुगेका थिए ।

फोटो फिचर (फोटो इन्द्र जिजीबिषा )

Leave a Reply

Your email address will not be published. Required fields are marked *