गायक ढकालले कालिकोटमा सोलारबत्ती वितरण गर्ने

काठमाडौँ, २६ साउन । समाजसेवी एवम् गायक राजु ढकालले कर्णाली क्षेत्रका बासिन्दालाई सोलारबत्ती वितरण गर्ने हुनुभएको छ । रिपोर्टर्स क्लब नोपलमा गायक तथा समाजसेवी ढकालले पत्रकार सम्मेलनगरी कर्णाली अञ्चलको विकट कालिकोटको खाँडचक्र नगरपालिकास्थित पाँखागाउँका चालिस घर परिवारलाई सोलाबत्ती वितरण गर्न लागेको जानकारी दिएका हुन।

विगतमा पीडित सुतकेरी, ह्वीलचिएर, फिल्टर वितरण ‘देशका कतिपय भाग अहिलेपनि बिजुली बत्ती पुग्न सकेको छैन, त्यसलाई मध्यनजर राखी मैले सोलारबत्ती वितरण गर्न लागेको हो,’गायक ढकालले भन्नुभयो ।ढकालले यसअघि सिरहाको गोलबजारस्थित मुर्सर्निया गाउँमा चालिस घरपरिवारलाई पानी छान्ने फिल्टर, रामेछाप र सिन्धुपाल्चोकका दुई सुत्केरीलाई नगद सहयोग, ह्वीलचियरलगायतका सामाग्री वितरण गरिसकेका छन्।

पत्रकार सम्मेलनमा आजै समाजसेवी अच्युतम खनालले पनि  पशुपति क्षेत्रमा रहेका दृष्टिविहिन, अशक्त र असाहय व्यक्तिलाई ह्वीलचियर, वैशाखी लगायतका सामाग्री वितरणगर्ने बताएका छन् । वरिष्ठ पत्रकार एवम् रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले गायक ढकालले सामाजिक क्षेत्रका उदारणीय काम गरेको भन्दै खुलेर प्रशंशा गरेका छन्।उनले भने,‘समाजसेवा आफैँमा राम्रो काम हो, त्यसमाथि कर्णाली जस्तो विकट क्षेत्रको कालिकोट जिल्लामा पुगेर सेवागर्न लाग्नुभएको छ तपाईँको म उच्च प्रशंशा गर्दछु, समाज सेवा गर्न सजिलो छैन, समाज सेवा गरेवापत पाउने फल मिठो हुन्छ।’ उनले अघि थपे,‘समाजसेवीद्धय ढकाल र खनालको कामलाई रिपोर्टर्स नेपालले सहयोगगर्ने प्रतिवद्धता जाहेर गर्दछु, पीडित जनताको सेवा गर्न समेत ढकाल र खनाललाई आग्रह गर्दछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *