गायक रेवत राई र चन्द्रकला राईको “सोल्टिनी ज्यू” गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

माघ ३ काठमाडौ,गायिका चन्द्रकला राईको दोस्रो एल्बम ‘सोल्टि हजुर’को शीर्ष गीत ‘सोल्टिनी ज्यू सोल्टिनी ज्यू भन्दिउ कि आइ लभ यु’ बोलको गीत आइतबार सार्वजनिक भएको छ । गायिका चन्द्रकला राईको आफ्नै शब्द रचना रहेको उक्त गीतमा गायक रेवत राईले गायनमा साथ् दिएका छन् । यो गीतलाई भिषण मुकारुङ्गले लयबद्ध गरेका हुन् भने, सागर संसार राईको एरेन्ज रहेको छ ।

यो गीतको म्युजिक भिडियो पनि बनेको छ । यो गीतको म्युजिक भिडियोलाई नेत्र किरातीले निर्देशन गरेका छन् भने, शिर कुमार साम्पाङ्गले छायांकन गरेका हुन् ।

उक्त गीतको म्युजिक भिडियोमा मोडल सुमन,कोपिला र शेरबहादुरले अभिनय गरेका छन् ।

एल्बम “सोल्टि हजुर”को अन्य गीतहरुमा भीषण मुकारुङका साथै सङ्गीत प्राज्ञ गणेश रसिक, दीपक शर्मा र पारस मुकारुङ्को सङ्गीत रहेको छ भने, गायिका चन्द्रकला राई, रेवत राईराजेश पायल राईले स्वर दिएका छन् । यो एल्बममा कवि स्वप्नील स्मृतिको पनि शब्द रहेको छ । यो एल्बममा रहेको शिर्ष गीत सार्वजनिक भएपनि, एल्बम भने, केही समय पछि सार्वजनिक हुने गायक रेवत राईले सूचना खबरलाई जानकारी दिए ।

सोल्टिनी ज्यू सोल्टिनी ज्यू, भन्दिउ की आई लभ यु गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *