गायिका तथा समाजसेवी अन्ना गुरुङ्गले नयाँ जीवन नेपालका बालबालिकाहरुलाई भोजन गराईन्

nln
एनएलओ फुडमा खाना खादै बालबालिकाहरु

ईन्द्र जिजीबिषा-काठमाडौ ३१ चैत्र,गायिका तथा समाजसेवी अन्ना गुरुङ्गले बौदिक अपाङ्ग भएका बालबालिकाहरुलाई भोजन गराएकी छिन् । काठमाडौको जोरपाटीस्थित नयाँ जीवन नेपालमा रहेका बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई गायिका तथा समाजसेवी अन्ना गुरुङ्गले जोरपाटीमा रहेको एनएलएन(NLN)फास्टफुडमा लगेर भोजन गराएकी हुन् ।

नयाँ जिवन नेपालमा ३० जना भन्दा धेरै बौद्धिक अपाङ्गता भएका बालबालिकाहरु रहेका छन् । बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुले खाना खाएको सम्पुर्ण खर्च नयाँ जीवन नेपालको संस्थापक अध्यक्ष एवं संचालक राजन खनाललाई अन्ना गुरुङ्गले एकमुस्ट रकम हस्तान्तरण गरेकी थिईन् ।

उक्त कार्यक्रममा गोल्डेनगेट कलेजबाट इन्टर्न गर्न आएका विद्यार्थीहरुले नयाँ जीवन नेपालमा रहेका बौद्धिक अपाङ्ग रहेका बालबालिकाहरुको बारेमा अध्यायन अनुसन्धान र बालबालिकाहरुलाई खाना खान सिकाउनुका साथै खाना खुवाएका थिए । विएसडब्लु (BSW)  तेस्रो वर्षमा अध्यायनरत विद्यार्थिहरु अस्मिता बन्जरा,आकाश आचार्य,संजीत केसीगीता भुजेल उक्त कलेजबाट इन्टर्न गर्न त्यँहा पुगेका थिए ।

rahul tamang
एनएलओ फास्टफुडमा खानाको परिकार तयार गर्दै रेस्टुरेण्ट संचालक राहुल तामाङ्ग

नयाँ जीवन नेपालले तिन दर्जन भन्दा बढि बौद्धिक अपाङ्ग रहेका बालबालिकाहरुलाई गाँस,बास,कपासको साथमा संरक्षण गरि रहेको छ ।  “यो अत्यान्तै जटिल काम हो, किनकी कुन बच्चालाई कतिबेला दिसा आउछ ? कुन बच्चालाई कतिबेला पिसाब लाग्छ ? कति बेला भोक लाग्छ ? हामीलाई पत्तो लगाउनु गाह्रो हुन्छ । तर त्यो अवस्थाका बालबच्चाहरु संस्थामा आएर कुनै कुनै बच्चाहरुले आफै दिसा-पिसाब गर्न सक्ने,आफै खाना खान सक्ने अवस्थामा आईपुगेकोले गर्दा आफूलाई खुशी लागेको” नयाँ जीवन नेपालका संस्थापक अध्यक्ष राजन खनालले सूचना खबरलाई बताए ।

new life
न्यु लाइफको संस्थापक अध्यक्ष राजन खनाल, समाजसेवी अन्ना गुरुङ पत्रकार ईन्द्र जिजीबिषा र गोल्डेनगेट कलेजका विद्यार्थीहरु संग बालबालिकाहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *