गायिका मेरि राईको “ओ मेरो राजा”को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

मलेशिया ११ चैत्र, गायिका मेरी राईले “ओ मेरो राजा” बोलको गीत सार्वजनिक गरेकी छिन् । गायिका मेरी राईकै शब्द,संगीत रहेको उक्त गीतको म्युजिक भिडियो पनि यु ट्युब मार्फत सार्वजनिक भएको छ ।

मलेशियाको मनोरम स्थलहरुमा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोमा निम्बुटी शेर्पा र सन्तोस परियारले अभिनय गरेका छन् । यो गीतको म्युजिक भिडियोलाई राघब आचार्यले निर्देशन गरेका हुन् भने, पत्रकार अर्जुन काफ्लेले छायांकन गरेका छन् ।

सुजन शाहिको सम्पादन रहेको उक्त म्युजिक भिडियोमा दर्शकहरुले भरपुर मनोरंजन पाउने भिडियो निर्माण समुह हाम्रो प्रतिभाका आतिप राईले सूचना खबरलाई बताएका छन् ।

“ओ मेरो राजा” गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *