गित

indra jijibishaगित

खम्बु लिम्बू , दाजुभाइ
किराँत हाम्रो पहिचान
हाम्रो संस्कार संस्कृति
यहि हो हाम्रो सान ।।
ढुंगे धारो चौतारो , पुर्खाले छाडेको निशानी
साकेला च्याब्रुङ नाचेर, दिन्छौं किराँती पहिचानी

जोडि कठुवा पाङ राखेर
युमा र पारुहाङ भाकेर
धार्निको छोरी बिसौली
हुदैन कहिल्यै भनेर
भस्मे खोरिया फाँडेर , तीन चुला दयालुङ गाडेर
फलाक्दै मुन्धुम रिसिया, पिता र पुर्खा भाकेर ।।

ढाकाको बर्को ओढेर
शिरैमा फेटा बाधेर
रमाउ है आफ्नै संस्कारमा
रिति थिती राखेर
नहोस हाम्रो वैमनस्यता, कोहि हैन हामी पराइ
जोगाँउ हाम्रो विरासत , राई लिम्बू दाजुभाइ ।।

इन्द्र जिजीबिषा

indra jijibisha

Leave a Reply

Your email address will not be published. Required fields are marked *