गीतकार डोलप्रसाद दाहाल (डीपी परिश्रमी)को “आँखा बाट” गीतको म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित)

aankha bataकार्तिक ३० काठमाडौं,पछिल्लो समय नेपाली गीत-संगीत क्षेत्रमा उदाउदो प्रतिभा गीतकारका रुपमा स्थापित हुदै आएका गीतकार हुन्, डोलप्रसाद दाहाल (डीपी परिश्रमी)। उनै गीतकार डीपी परिश्रमीको नयाँ एल्बम तिर्सना बजारमा सार्वजनिक भएको छ ।

तिर्सना एल्बममा समाबेश गरिएको “आँखा बाट” बोलको गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । सार्वजनिक म्युजिक भिडियोको गीतमा चर्चित गायिका मिलन अमात्यले स्वर दिएकी छिन् । लामो समयदेखि साहित्य अनि संगीतमा आबद्द हुदै आएका डोलप्रसाद दाहाल (डीपी परिश्रमी)को शब्द रहेको छ भने, यो गीतमा सम्भुजित बास्कोटाको संगीत रहेको छ ।

पछिल्लो समय म्युजिक भिडियोका लागि व्यस्त अनि चर्चित मोडेल बिपना थापा अनि अनिल थापाले यो गीतको भिडियोमा जिवन्त अभिनय गरेका छन् । उत्सव दाहालको छायांकन रहेको उक्त म्युजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।यो भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका छन् । यो म्युजिक भिडियोलाई  डिलाईट म्युजिकले बजारमा ल्याएको हो ।
हेरौ यो भिडियो

https://youtu.be/9XFS3j1htOE

Leave a Reply

Your email address will not be published. Required fields are marked *