गीतकार रोहन पौडेल “जनक” ले “दर्पण छाया २” की नायिका श्रद्धा र हिमाल सागरलाई नचाए (भिडियो सहित)

ईन्द्र जिजीबिषा- काठमाडौँ ३० जेठ- सूचना खबरका प्रबन्ध निर्देशक तथा समाजसेवी गीतकार रोहन पौडेल (जनक) को “चन्चले चुलबुले” बोल रहेको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । “चन्चले चुलबुले” बोलको गीतमा स्वर तथा संगीत हिमाल सागरको रहेको छ भने एरेन्ज संजय हमालले गरेका छन् ।

उक्त गीतको म्युजिक भिडियो पनि बनेको छ । यो गीतको म्युजिक भिडियोमा गायक हिमाल सागर आफैले अभिनय गरेका छन् भने उनलाई साथ् दिएका छन् “दर्पण छाया २” को नायिका श्रद्धा प्रसाईले । हरि हुमागाईंले छायांकन गरेको उक्त म्युजिक भिडियोमा सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका छन् । निशान घिमिरेले सम्पादन गरेको उक्त भिडियोमा हिमाल र श्रद्धाको शसक्त अभिनय देख्न सकिन्छ । यो गीतको प्रायोजन www.merokitchen.com.np ले गरेको छ ।

चन्चले चुलबुले” गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

2 thoughts on “गीतकार रोहन पौडेल “जनक” ले “दर्पण छाया २” की नायिका श्रद्धा र हिमाल सागरलाई नचाए (भिडियो सहित)

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES