गोरखामा बाबुरामको अग्रता कायमै, अन्तर फराकिलो बन्दै

गोरखा – गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले अग्रता फराकिलो बनाएका छन् । पछिल्लोपटक सार्वजनिक भएको आधिकारिक निर्वाचन परिणामअनुसार बाबुरामले नारायणकाजी श्रेष्ठलाई १ हजार ३ सय ३१ मतले पछि पारेका छन।

पछिल्लो अपडेट अनुसार बाबुरामले ६ हजार ८७३ मत पाउँदा नारायणकाजीको ५ हजार ५४२ मत छ । गोरखा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका हरि अधिकारी अगाडि छन् । उनले ४ हजार ९३४ र कांग्रेसका चिनकाजी श्रेष्ठले ४ हजार ४७२ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published.