गोरखामा बाबुराम भट्टराई र हरिराज अधिकारीको अग्रता कायमै

गोरखा,२२ मंसिर- गोरखा १ मा प्रतिनिधिसभा र प्रदेशसभामा वाम गठबन्धन र २ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् । जारी मतगणनाको पछिल्लो परिणाम अनुसार गोरखा १ प्रतिनिधिसभामा माओवादी केन्द्रका नेता हरिराज अधिकारी ४,९३४ मतका साथ अघि छन् भने उनलाई कांग्रेसका उम्मेदवार चीनकाजी श्रेष्ठ ४,४७२ मतका साथ पछ्याइरहेका छन् । अहिलेसम्म १०,८७४ मत गणना भएको छ ।

यस्तै गोरखा १ प्रदेशसभा क मा पनि माओवादी केन्द्रका नेता लेखबहादुर थापा ३,८२९ मत ल्याएका छन् भने कांग्रेसका नेता धीरन थापा २,५०७ मत प्राप्त गरेका छन् । अहिलेसम्म ६,६८३ मत गणना गरिएको छ ।

प्रदेशसभा क्षेत्र ‘ख’ मा नेकपा (एमाले)का नेता रामशरण बस्नेत ३,७९२ मतका साथ अघि छन् भने कांग्रेस नेता राजेन्द्र बजगाइँ २,४२६ मत ल्याएका छन् । अहिलेसम्म ६,५५० मत गणना भएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं २ मा नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई ७,५२० मतका साथ अघि छन् भने उनलाई माओवादी नेता नारायणकाजी श्रेष्ठले ६,३०४ मतका साथ पछ्याइरहेका छन् । अहिलेसम्म १४,७७१ मत गणना गरिएको छ ।

गोरखा २ ‘क’ प्रदेशमा माओवादीकी कमला नहर्की ४.३७५ मत ल्याएका छन् भने नयाँ शक्तिका नेता हरिशरण आचार्य ४,७४० मत ल्याएर अघि छन् । अहिलेसम्म यहाँ ९.६७१ मतगणना भएको छ ।

यस्तै गोरखा २ ख प्रदेशसभामा कांग्रेसका प्रकाशचन्द्र दवाडी ४,२७६ मत ल्याए भने माओवादीका अमर तमुले ३,४३३ मत ल्याएका छन् । यहाँ ८,२४७ मत गणना भएको छ । मतगणना कार्य चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *