गोरखामा भट्टराईको रोचक अग्रता

गोरखा २२ मंसिर – यो पटकको चुनावमा सबैको चासोको स्थान बनेको गोरखा क्षेत्र नम्बर २ को मतगणनामा नयाँ शक्तिका संयोजक बावुराम भट्टराईले रोचक अग्रता लिएका छन् ।

सुरुमा कहिले प्रतिस्पर्धी नारायणकाजी श्रेष्ठ र कहिले भट्टराईबीच कडा टक्कर भएपनि पछिल्लो गणनामा उनले १५९० मतको अग्रता लिएका हुन् । भट्टराईको गढ रहेको उनको मतदान केन्द्र खोप्लाङ र श्रेष्ठ गढ मानिएको जौवारी केन्द्रको मतगणना पनि सकिएको छ ।

६० हजार १ सय ९ मत खसेको भट्टराई र श्रेष्ठको क्षेत्रमा २२ हजार ५ सय ६८ मत गणना गर्दा भट्टराईले ११ हजार ३ सय ३९ मत ल्याएका छन् भने श्रेष्ठले ९ हजार ७ सय ४९ मत पाएका छन् । कडा सुरक्षा घेरा भित्र मतगणना चलिरहेको छ । मतपरिणामबाट उत्साही भट्टराई राजधानीबाट गोरखा आउने तयारी गरेको उनी निकट स्रोतले जनाएको छ ।

क्षेत्र नम्बर १ मा वाम गठबन्धनका हरिराज अधिकारीले ६३५८ मत र कांग्रेस उमेद्वार चीनकाजी श्रेष्ठले ५४०६ मत पाएका छन् । क्षेत्र नम्बर १ को प्रदेश क र ख मा वाम गठबन्धनकै उम्मेदवारको अग्रता छ । दुईमा लोकतान्त्रिक गठबन्धन कांग्रेस नयाँ शक्तिका उम्मेदवारको अग्रता छ ।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES