गोरखा बोर्डिङ्गका शिक्षकले, विद्यार्थीलाई गोरु पिटाइ

teacher-beat-studentगणेश आचार्य, भदौ २५ दाङ । आफूलाई मुलुककै उत्कृष्ट दाबी गर्ने घोराहीको गोरखा बोर्डिङले एकजना विद्यार्थीलाई मरणासन्न हुनेगरी कुटपिट गरेको छ ।

बिहीबार शिक्षक सुवास पाण्डेले बिज्ञान संकाय,११ कक्षामा पढ्ने विद्यार्थी अमिस बस्नेतलाई मरणासन्न हुनेगरी कुटेका छन् ।

शिक्षकको कुटाइबाट विद्यार्थीको खुट्टाको तीघ्रामा गहिरो चोट लागेको छ । कक्षा बाट बाहिर हेरेको निहुँमा तीन तला माथि लगेर शिक्षकले आफ्नो छोरालाई कुटेको विद्यार्थीका वुवा ध्रुव केसीले जानकारी दिएका छन् ।

शिक्षकले कुटेपछी आफ्नो छोरा पढ्न जान छोडेको उनलेे बताए । विद्यार्थी कुट्ने गोरखा बोर्डिङको प्रशासनले विद्यार्थीलाई शिक्षकले विद्यार्थी कुट्नु सामान्य भएको बताएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *