गोर्खाल्याण्ड आन्दोलन उग्र बन्दै, तिन जनाको मृत्यु, टेलिभिजन बन्द, पत्रकार पक्राउ

दार्जिलिङ ४ असार
पश्चिम बंगाल प्रहरीले बिहीबार बिहान गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष एवं गोर्खा टेरिटोरियल एडमिनिस्टेटिभ (जिटिए) प्रमुख विमल गुरुङको दार्जिलिङस्थित घर र कार्यालयमा छापा मारेर तोडफोड गरेपछि भड्किएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा अहिले सम्म तिन जनाको मृत्यु भएको छ ।

मोर्चाको आह्वानमा ‘चलो पातलेवाँस’ अभियानको दोस्रो दिन नारी मोर्चाले गरेको डन्डी प्रदर्शनमा हस्तक्षेप गरेपछि भड्किएका कार्यकर्ताले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । मोर्चा कार्यकर्तालाई नियन्त्रण गर्ने क्रममा प्रहरीले  गोली चलाउँदा तिन जनाको मृत्यु भएको हो ।

बंगाल प्रहरीले बिहानैदेखि नाराबाजीसहित दार्जिलिङ सहर प्रवेश गर्ने मोर्चाका कार्यकर्तालाई रोक्न विभिन्न नाकामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । मोर्चा महासचिव रोशन गिरीले बंगाल प्रहरीले चार जनाको हत्या गरेको आरोप लगाउनुभएको छ । आन्दोलन चर्किएपछि बंगाल सरकारले स्थानीय टेलिभिजन च्यानल बन्द गराएको छ । बंगाल सरकारले हिमाली, डीटीभीलगायत च्यानल बन्द गराएको हो ।

प्रहरीले पत्रकार विक्रम राईलाई गत राति पक्राउ गरेको छ । दार्जिलिङका सांसद अम्बर राईका छोरा उहाँ एनडीटीभी, टीभी चौबिस घन्टासहितका सञ्चारमाध्यममा कार्यरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *