ग्याबिन किरातीले आफ्नो बाबाको स्मृतिमा फुटबल खेल खेलाउने

काठमाडौ २८ असार- भारतीय सेनामा कार्यरत ग्याबिन किरातीले आफ्नो बाबाको नाममा “अनुशासन विकास र गतिशिलता, दिलैछी युवा सर्कल हाम्रो सहकार्य र एकता” भन्ने मूल नाराका साथमा फुटबल प्रतियोगिता गराउने भएका छन् ।

खोटाङ्गको टेम्मामा जन्मिएर भारतीय सेनामा कार्यरत किरातीले आफ्नो बाबा रहर शिंह राईको “अमराजेम्पा स्मृति कप” नाममा प्रथम स्मृति कप फुटबल खेल गराउने भएका हुन् ।

दिलैछी युवा क्लबको आयोजना र टेम्मा फुटबल क्लब टेम्माको सह-आयोजनामा हुने उक्त स्मृति कपलाई अमराज किराँती भारत, मन्जित किराती कुबेत,ग्याबिन किराती भारत, बबिन किराती भारत, लिला किराती इटहरी , बिमला किराती इटहरी , रामकुमारी किराती इटहरी र समस्त तेरहछा परिवारले “अमराजेम्पा स्मृति” कपलाई प्रायोजन गरेका छन् ।

उक्त स्मृति कपमा प्रथम पुरस्कार – १४४१४ मेडल प्रमाणपत्र, दोस्रो पुरस्कार ७७०७ मेडल र प्रमाण पत्र, तेस्रो पुरस्कार ५५०५ मेडल र प्रमाण पत्र रहेको छ । शान्ति मावि टेम्माको प्राङ्गनमा हुने उक्त खेलकुद कार्यक्रममा चर्चित गायक रुपकुमार राई प्रमुख अथिती रहने ग्याबिन किरातले हामीलाई जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *