ग्लोबल आईएमईले छात्रवृत्तिको लागि आव्हान गर्‍यो

कार्तिक ३ काठमाडौ, आइएमई तथा ग्लोबल आईएमई बैंकले हिसान तथा प्याब्सनको सहकार्यमा ‘आईएमई-ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति’ का लागि आवेदन आहृवान गरेको छ ।

सार्वजनिक, नीजि तथा सामुदायीक विद्यालयमा कक्षा १ देखि कक्षा ११ सम्म अध्ययनरत आर्थिक रुपमा विपन्न जेहेन्दार विद्यार्थीलाई शैक्षिक सत्र २०७३ का लागि छात्रवृत्ति प्रदान गरिने भएको हो ।

आईएमई लिमिटेड तथा ग्लोबल आईएमई बैंकबाट कुल दश लाख छात्रवृत्ति कोषबाट एक शैक्षिक सत्रका लागि एक सय जना विधार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ ।

कार्तिक ३० गतेसम्ममा आवेदन दिसक्नु पर्ने छ । फारम आफुलाई पायक पर्ने आईएमई सेन्टर, एजेन्ट आउटलेट, आइएमईका क्षेत्रीय सम्पर्क कार्यालय एवम् ग्लोबल आइएमई बैंकका सबै शाखा कार्यालय वा एक्सटेन्सन काउण्टरहरु मार्फत् वा ईमेल ठेगाना aakanshya@imeremit.com.np मा पठाउन सकिने आइएमईले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *