चन्द्रमामा पहिलोपटक पाइला टेक्ने अल्ड्रिन लुम्बिनीमा

buzz aldrin     चन्द्रमामा पहिलोपटक पाइला टेक्ने टोलीका एकमात्र जिवित अन्तरिक्षयात्री बज अल्ड्रिन सोमबार बिहान काठमाडौंबाट भैरहवाका लागि उड्दा निकै उत्साहित र खुसी थिए ।

पहिलोपटक नेपाल आएका ८६ वर्षीय अल्ड्रिनलाई बुद्धजन्मस्थल लुम्बिनी देखाउने तयारी भएको थियो । ढिलो गरी आइतबार काठमाडौं आइपुगेका उनले दरबारमार्गस्थित याक एन्ड यति होटेलमा रात बिताएका थिए ।

एभरेस्ट साइन्स सेन्टरको निम्तामा नेपाल आएको उनले सोमबार दिनभरी लुम्बिनीमा गौतमबुद्ध र लुम्बिनीको इतिहास चाख पूर्वक सुने । ‘लुम्बिनी कसरी बन्यो भन्ने प्रस्तुती चाखपूर्वक सुन्नुभयो

उनले गौतम बुद्धको जन्म र तपस्याबारे बताउँदा उनले आश्चर्य मानेर सुनेका थिए । बिंडारीले गौतम बुद्धलाई मायादेवीले उभिएरै जन्माएको उल्लेख गर्दा अल्ड्रिनले आश्चर्य मान्दै दांयाबांया हेरेका थिए । उभिएर जन्मिएको बच्चा बांच्छ र भन्ने प्रश्नसहितको उनको जिज्ञाशाको उत्तर उनकै टोलीकी महिलाले दिएकी थिइन् ।

लुम्बिनीबारे सुनेपछि उनले यसको महत्व र ऐतिहासिक पक्षलाई अन्तर्राष्ट्रिय जगतले महसुस गर्नुपर्ने बताए । ‘लुम्बिनी आउन पाउदा खुसी भएको छु भन्नु भयो ।

अल्ड्रिनसँगै मंगलग्रहमा भविष्यमा वस्ती बसाउने कार्यक्रमका संयोजक तथा उनका छोरा डा. एन्डी अल्ड्रिन तथा बुहारी मउरिन अल्ड्रिन पनि नेपाल आएका छन् ।

सन् १९६९ जुलाई २० का दिन राती १० बजे निल आर्मस्ट्रङले चन्द्रमामा पाइला राखेका थिए । अर्को दिन २१ जुलाई बिहान दुई बजे अल्ड्रिन चन्द्रमामा पुगेका थिए । उनीहरू सवा दुई घन्टा चन्द्रमामा बसेर २१ किलो विभिन्न सामाग्रीको नमूना संकलन गरेर फर्किएका थिए । निल आर्मस्ट्रङको नेतृत्वमा जेमिनी–१२ रकेट चढेर चन्द्रमामा पुग्ने तीनमध्ये अल्ड्रिन मात्र जिवित छन् ।

सोमबार सांझै काठमाडौं फर्किएका अल्ड्रिन सुनसरीको शान्तिवन स्थित एभरेष्ट साइन्स सेन्टरको निम्तामा नेपाल आएका हुन् । उनले मंगलबार करिव पांच हजार विद्यार्थीबीच अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको जनकारी सेन्टरले दिएको छ ।

अन्तरक्रिया पछि एभरेष्ट साइन्स सेन्टरको अवलोकन गरी मंगलबारै अल्ड्रिन सहितको टोली काठमाडौं फर्कने छ । बुधबार र बिहीबार भने उनले काठमाडौंमा छलफल गर्नेछन् । राजधानीमासमेत उनले अन्तरक्रिया गर्ने योजना रहेको अधिकारीले बताए ।

अल्ड्रिनलाई नेपाल ल्याउन एक वर्षभन्दा लामो निरन्तर प्रयास गरेको एभरेष्ट साइन्स सेन्टरले जनाएको छ । नेपालमा चन्द्रमा र अन्तरिक्ष शिक्षाबारे ज्ञान नै नभएको तर चासो धेरै भएकोले नेपाल आइदिन आग्रह गरेको अधिकारीले बताए ।

उनले भने, ‘चन्द्रमामा पुगेर आउनु भयो। कति धेरै जानकारी छ यहां हामीलाई त्यो सुनाइदिनुपर्यो भनेपछि विनाशर्त आउन राजी हुनुभयो ।’ अल्ड्रिनको टोलीले नेपाल यात्राका क्रममा रकेट, अन्तरक्षि र नासाको बारेमा मात्रै धेरै कुराकानी र छलफल गरिरहेको कुरा अन्नपुर्ण पोष्टले समाचार प्रकाशन गरेको छ

buzz-aldrin-1 buzz-aldrin-2

Leave a Reply

Your email address will not be published. Required fields are marked *