चन्द्री र मैनबत्तीको कोइला

prakash rai puspak प्रकाश पुष्पक राई पुमा

अचेल नेपाली साहित्यको माहौलमा गजल विधा सलसली कुदिरहेको छ । नेपाली साहित्य लेखनमा साहित्यिक कृतिहरु प्रत्येक वर्ष नेपाली साहित्य घरलाई दिइरहेको सर्वविदितै छ । धेरै समयदेखि साहित्यको गजल विधा लेखन यात्रामा कलम चालिरहेका नव गजलकार चन्द्री मोक्तान खुशीको मैनबत्तीको कोइला गजल कृतिको वारेमा केही लेख्न मन लाग्यो ।

म कुनै कृतीको समीक्षक हैन तर यस कृति भित्रका गजलहरु हेरिसके पछि मलाई पनि केही लेख्न मन लागेकोले यो शाव्दीक प्रहारहरु छिट्टाइरहेको छु । जम्मा ७२ पृष्ठमा ६४ वटा गजलहरु समावेश यो मैनबत्तीको कोइला प्राय प्रवासी जीवनका बिम्बहरू समेटिएकोछ । गजलकार चन्द्री मोक्तान तामाङ ‘खुशी’ वि.स. २०४९ सालमा अत्तरपुर ५ सिन्धुपाल्चोकमा कान्छा तामाङ तथा कृष्णकुमारी तामाङको कोखबाट जन्मीएकी हुन् । खुशीका गजलहरुलाइ मैले सरसर्ती पढ्दा समावेश गजलहरु नियमबद्द तरिकाबाट स्वतन्त्र गजल लयमा लेखिएको पाइन्छ । सम्पूर्ण गजलहरुमा मिसरा ए उला मिसरा ए सानीको तालमेल मजाले मिलेको पाईन्छ कृतिभित्रका गजलका मुटु काफियामा कुनै दोष देखिन्दैन पूर्ण र आंशिक काफियाहरुको प्रयोग गरिएको छ । गजलहरुमा लामो रदिफको प्रयोग पाईन्छ गजलकार चन्द्रीले गजलको मक्तामा ताखुलसको पनि प्रयोग गरेको पाइन्छ ।

समय सापेक्षीत मैनबत्तीको कोइला नामक यो गजलकृतिको नाम साच्चै नै सुन्दा अचम्मको नाम छ । वि.स. २०७३ सालमा पहिलो पटक छापिएको डायस्पोरा चेतनाको चर्को आवाज लिएर आएका उनका गजलहरुमा नास्तिकता, प्रकृतिप्रती आक्रोश, देशप्रेमको सुन्दरता, संस्कृतीप्रेममा रम्दै कहिले मायामा नैराश्यता, समयको परिवेशको गुनासो पोखेको पाइन्छ । स्वार्थी दुनियाँलाई भने दरिलो व्यंग्य दिएर नेपाली राजनितिक अवस्था र घुसखोरिले गर्दा जनताले भोग्नु परेको सास्ती गजलबाट छर्लङ्ग पारिएकोछ । लाखौ नेपाली युवाहरुले प्रवासमा भोग्नुपर्ने पीडा, कथा व्यथालाई गजलको शेरहरुबाट श्रम शोषण र दमनको वर्णन गरेको पाईन्छ । वियोगको तड्पाईमा मनको ज्वलन्त ज्वालालाई समाजको कुरिति र छुवाछुतको समाजले भोग्नु परेको पिडा, धनी र गरिव विचको भेदभावको विलौना गरेको पाईन्छ ।

यो गजलकृती पढिसकेपछि चन्द्री मोक्तान तामाङ खुशी नेपाली गजल विधा घरको एक दरिलो खम्वा भएर उभिरहेकी छन् भन्ने देखिन्छ । पक्कै पनि समयले चाडै पहिचान गर्नेछ । नेपाली साहित्यको श्रीबृद्धिको यात्रामा एक स्पष्ट पहिचान बनाउन सफल चन्द्रीको मैनबत्तीको कोइला पहिलो एकल गजल कृतिलाई हार्दिक शुभकामना तथा गजलकार चन्द्रीको साहित्य लेखन यात्रा सशक्त भएर कलम तिखारिदै जाओस प्रगतिको कामना व्याक्त गर्दछु ।

– प्रकाश पुष्पक राई पुमा
बेल्टार बसाहा उदयपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *