चलचित्र ‘जोनी जेन्टलम्यान’ को गीत “तिमीविना मान्दैन” को भिडियो सार्वजनिक

सूचना खबर संवाददाता- काठमाडौ ७ बैशाख,चलचित्र ‘जोनी जेन्टलम्यान’ को गीत “तिमीविना मान्दैन” को भिडियो राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरियो । गीतमा अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माको अभिनयरहेको छ।

यो गीतको भिडियो भारतको विभिन्न ठाउँमा छायांकन गरिएको हो । गीतमा हर्कुलस बस्नेतको स्वर, शब्द तथा संगीत रहेको छ । म्युजिक भिडियो निर्देशन गर्दै आएका नितिन चन्दले यो चलचित्र निर्देशन गरेका हुन् । आफ्नो चलचित्र आगामी १९ जेठबाट दर्शकमाझ आउने निर्देशक चन्दले पत्रकार भेटघाटमा जानकारी गराए ।

यो चलचित्र प्रेमकथामा आधारित रहेको पनि उनले जानकारी गराए । कार्यक्रममा अभिनेता पल शाहले यो चलचित्रमा आफू जोनीको भूमिकामा रहेको बताए । अघिल्लो चलचित्र भन्दा यसमा आफ्नो भूमिका पूर्ण फरक भएको उनले बताए । जोनी जेन्टलम्यानलाई एन्ड्रेउ पौडेल, अजय मल्ल ठकुरी र सन्जु शाहले निर्माण गरेका हुन् । जसमा केशव थापा र सरिता राँचलको नृत्य निर्देशन, रूपेश थापाको छायांकन रहेको छ ।

गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES