चलचित्र निर्माता संघका वर्तमान अध्यक्ष नवल खड्काले अहिले सम्म भएको काम कारवाही र प्रगतिको विवरण सार्वजनिक गरे

nawalकाठमाडौ ४ बैशाख,नेपाली चलचित्र निर्माता संघका वर्तमान अध्यक्ष नवल खड्काले अहिले सम्म भए गरेका काम कारवाहीहरुको व्यहोरा सार्वजनिक गरेका छन् । चलचित्र निर्माता संघले अहिले सम्म गरेका प्रगति र काम कारवाहीहरुको जानकारी गराउदै भनेका छन् , बिकास बोर्ड, पुरानो निर्माता संघ र सञ्चार मन्त्रालय सुतिरहेको बेला हाम्रो चलचित्र निर्माता संघ नेपालको जन्म भएको हो ।

जन्मन साथ हामीले यसो गर्‍यौं।
१) पुरानो निर्माता संघले ७ वर्ष अघि देखि गर्दे आएको भ्रष्ट्राचार करिब ३२ लाख मध्ये ८ लाख जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा उजुरी दिई तिर्न बाध्य बनायौं । बाँकी निर्माताहरुको रकम कथित निर्वाचनको ७ दिन भित्र तिर्छु भनि कबुलियत गरिएको थियो, अहिले सम्म तिरेको छैन र बर्तमान कार्यसमितिलाई सिडिओ कार्यालय काठमाण्डौले बैधानिकता पनि दिएको छैन ।

२) पुरानो निर्माता संघले उच्च अदालतको अपहेलना गरेकाले मुद्दा चलिरहेको छ र बैधानिक निर्माता संघ भनेको हाम्रो नेतृत्वमा सञ्चालन भईरहेको चलचित्र निर्माता संघ नेपाल मात्रै हो । स्मरण गराउन चाहान्छु ।

३) बिमल पौडेलज्यूले शुरु गर्नु भएको आमरण अनसन र चलचित्रकर्मि र सम्बन्धित संघ संस्थाको पूर्ण सहयोग र सहभागिताको जगमा राष्ट्रिय चलचित्र नीति २०७१ निर्माण गर्न सफल भएका हौं हामी र यो नीति कार्यान्वयन गर्न र यस भित्रै बक्स अफिस, ग्रेडिङ्ग सम्पूर्ण कुराहरु नीति भित्र छन् ।

४) हामीले नीति कार्यान्वयनका लागि संघ संस्था बरिष्ठ, बिशिष्ठ चलचित्रकर्मीहरुका बिच अन्तरक्रिया गरी त्यसबाट आएका ठोस कुरा र बिभिन्न मितिमा गरी ४ महिनाको अवधीमा करिब ९ पटक माननीय सञ्चार मन्त्री र मन्त्रालय समक्ष डेलिगेशन गई बक्स अफिसमा फोकस गरी राष्ट्रिय चलचित्र नीति लागू गर्न अनुरोध गर्‍यौं ।

५) जसको जगमा सञ्चार मन्त्रीज्यूले च.नं. ५२२ मिति २०७३ मंसिर १४ गते मन्त्रालयले चलचित्र विकास बोर्डलाई बक्स अफिस कार्यान्वयन गर्न ठाडो हाम्रो संघको पत्रको आधारमा “कार्यान्वयन गर्नु” भनि निर्देशन गर्दै ३ करोड बजेट छुट्टाई सकेको कुरालाई जोड दिंदै सञ्चार मन्यालयले पत्राचार गरे पछि बोर्डले बाध्य भएर २०७३ पौष १४ गते पहिलो र २०७३ माघ २३ गते दोश्रो सुचना प्रकाशित गरी बक्स अफिस कार्यान्वयनका लागि परामर्शदाता को आब्हान गर्‍यो ।
त्यसपछि ४ वटा कम्पनी छनौट गरी केही दिनमा १ कम्पनी छनौट गर्ने स्थितिमा पुगेको छ र बक्स अफिस कार्यान्वयन हुँदैछ भन्ने कुरामा विश्वस्त छौं ।

बक्स अफिस कार्यान्वयन गर्नका लागि सम्पूर्ण अधिकार चलचित्र विकास बोर्डको अध्यक्ष लगायतको टिमलाई छ । किन र कस्का कारणले ढिला भईरहेको छ भन्ने हामी सबैलाई छर्लङ्गै छ । अब करोडौंको चलखेल र राम्रालाई भन्दा हाम्रालाई बक्स अफिसको ठेक्का दिने तयारी भईरहेको छ । भएता पनि बक्स अफिस कार्यान्वयन गर्न हाम्रो एकमात्र तात्कालिन लक्ष्य भएकाले निरन्तर हाम्रो दवाव रहि आएको छ, रहिरहनेछ । अनवरत हाम्रा उद्देश्य प्राप्तीका लागि हामी लागिरहने छौं र चुनाव सम्म पनि बक्स अफिस लागू नभएमा लगतै थप संघर्षका कार्यक्रमहरु अघि सार्ने छौं र कार्यान्वयन गरी निर्माताले प्रत्यक्ष लाभ लिने स्थितिसम्म पुर्‍याउने छौं ।

अन्त्यमा, “राष्ट्रियता र यस संग सम्बन्धित गतिविधिहरु चाहे सिमानामा काँडे तारबार होस् वा बागमती सफाईका कुरा हुन्, राउटेका विषय, सिमानामा हत्या भएका शहिद गोबिन्द गौतमहरुका परिवारलाई गरिएको सहयोग लगायत मैले निर्माण गर्ने राष्ट्रवादी चलचित्र नै किन नहुन् यि मेरो मौलीक अधिकारका कुरा हुन् । यी यस्ता कार्यहरुले सामुहिक रुपमा थालनी गरिएको कार्यलाई अन्जान वा भूलचुकमा कहिं कतै कसैलाई बाधा पुगेको भए क्षमा याचनाका लागि तयार छु । तर मेरो मौलिक अधिकार माथी प्रश्न चिन्ह खडा गरि अनावश्यक टाउको नदुखाउन समेत मेरो अनुरोध छ” भनेर भनेका छन् ।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES