चलचित्र विकास बोर्डको अध्यक्ष बन्ने होडबाजीसँगै आर्थिक चलखेल शुरु

काठमाडौ २३ जेठ-चलचित्र विकास बोर्डको अध्यक्ष यहि २२ गते देखि रिक्त भएको छ । रिक्तसँगै बोर्डको अध्यक्ष हुनका लागि तँछाड मछाड शुरु भएको छ ।

यता माननीय मन्त्री सुरेन्द्र कुमार कार्कीले मन्त्रालयबाट टिप्पणी उठाई क्याबिनेटबाट कम्तिमा स्नातक पास भएको व्यक्ति मात्रै बोर्डको अध्यक्ष बन्न पाउने प्रावधान बनाएका छन् ।

बोर्डको अध्यक्षको हैसियत मन्त्रालयको सचिब सो सरह हुने भएकाले बोर्डमा अण्डर एस.एल.सि. का अध्यक्ष भइरहेको स्थितिमा त्यो नियम बनाइएको हो ।

शैक्षिक योग्यता तोकेपछि अण्डर एस.एल.सि. वालाहरुले बिरोध जनाउन थालेका छन् । कोही पुःन नियुक्त नपाउने भनेर कोहि योग्यता कम हुने भो भनेर रोइकराई गरी शक्तिकेन्द्र धाउन थालेका छन् । ठुलै रकम घुस दिई स्नातक पढेको भन्ने बुँदा हटाउन लागिपरेको स्रोत बताउँछ ।

तर यहि बिचमा चलचित्र निर्माता संघ नेपालका अध्यक्ष नवल खड्काले यदि आर्थिक चलखेल गरी यो बुँदा हटाएमा कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *