चलचित्र संघको निर्णय प्रति निर्माता संघको आपति (विज्ञप्ति सहित)

काठमाडौ – नेपाल चलचित्र संघले हलमा प्रदर्शन हुदै गरेको अवस्थामा अन्य कुनै सञ्चार माध्यममा प्रशारण गर्न नपाउने गरि गरेको निर्णय र जारि प्रेस विज्ञप्ति प्रति नेपाल चलचित्र निर्माता संघले आपति जनाएको छ । चलचित्र संघका वर्तमान अध्यक्ष नवल खड्काको हस्ताक्षेरित प्रेस विज्ञप्तिमा भनिएको छ ” यस्ता निर्णयबाट एक पक्षकालाई लाभ्य हुन सक्ला, तर समष्टिमा चलचित्र उद्योगलाई धारायाशी बनाउने प्रयास हो कि ?” कहिँ कतै असमझदारी भए,दुवै पक्ष बसेर निर्णयमा आउन उपयुक्त हुनेछ” ।

प्रेस विज्ञप्ती
नेपाल चलचित्र संघद्वारा जारी २०७४-६-२४ को प्रेस विज्ञप्ती तथा निर्णय प्रति चलचित्र निर्माता संघ नेपालको ध्यानाकर्षण भएको छ । निर्माताले गरेको लगानीको प्रतिफल उसले पाउनु पर्ने पहिलो हक अधिकार हो । निर्माता संघले हलमा प्रदर्शनमा आएको चलचित्र सोही समयमा अन्यत्र सञ्चार माध्यममा प्रशारण गर्न नपाउने निर्णयले निर्माताहरुको हकअधिकारमा अंकुश लाउने खालको देखिन आयो । आफ्नो लगानी उसले आफूखुशी सुरक्षित गर्न पाउनु पर्छ भन्ने चलचित्र निर्माता संघ नेपालको ठहर छ । नयाँ प्रविधिबाट निर्माताहरुलाई हुनआउने आर्थिक लाभलाई आफ्नो स्वार्थमा ढालेर यो अधिकारबाट निर्माताहरुलाई बञ्चित गर्ने अधिकार कसैमा नरहेको समेत स्मरण गराउन चाहन्छौं । यस्ता निर्णयहरुबाट एक पक्षलाई लाभहुन सक्ला, तर समष्टिमा चलचित्र उद्योगलाई धाराशायी बनाउने प्रयास हो कि?भन्ने पनिप्रश्न उठ्न सक्छ । यस तर्फ बेलैमा नेपाल चलचित्र संघ सजक रहोस् भन्ने पनि माग गर्दछौं । यदि कही कतै असमझदारीहरु भएदुबै पक्ष बसेर निर्णयमा आउनु उपयुक्त हुन्छ भन्ने मान्यता यो संघको रहेको छ । तसर्थ नेपाल चलचित्र संघले उक्त निर्णयलाई फिर्ता गर्दै निर्माताहरुको आफ्नो चलचित्र जहाँ जसरी पनि प्रदर्शन तथा प्रसारण गर्न पाउने हकलाई बन्देज गर्ने कामकोही कसैबाट नहोस् भनि माग पनि गर्दछ ।

नवल खड्का
अध्यक्ष
चलचित्रनिर्माता संघ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *