चादनी दोधारामा सुख्खा बन्दरगाह निर्माण गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

मंसीर २३ काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले सुदूरपश्चिम अहिलेसम्म राज्यवाट पछाडि पारिँदै आएकाले अब यो क्षेत्रको विकासका लागि तीब्र गतिमा काम गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीले आफ्नो ध्यान अहिले देशको विकास र आर्थिक सम्बृद्धिमा गएको बताउँदै दिगो शान्तिका लागि आर्थिक सम्बृद्धि जरुरी रहेको बताए।
बुधवार दिउसो कैलालीको धनगढीमा सुदूरपश्चिम महोत्सबको उदघाटन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएको हो ।प्रधानमन्त्रीले सुदूरपश्चिममा प्रादेशिक विश्वविद्यालय र मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइसकेको जानकारी दिँदै सुदुरपश्चिमको औधोगिकरणका लागि विद्युतीकरणको योजना अघि सारेका छन् । प्रधानमन्त्रीले, सुदूरपश्चिमका उद्योगहरुलाई सहुलियतमा विद्युत उपलब्ध गराउने पनि वताएका छन्।
प्रधानमन्त्रीले सुदूरपश्चिमको हरैयामा विशेष आर्थिक क्षेत्र स्थापनाका लागि पहल गर्ने बताउँदै गौरी फण्टा नाकाको स्तरोन्नतीका लागि काम सुरु भइसकेको जानकारी दिए । चीनसँग जोडिएको ताक्लाकोट नाका खोल्ने, चादनी दोधारामा सुख्खा बन्दरगाह निर्माण गर्ने, खप्तड रामारोशन पर्यटन क्षेत्र विकास गर्ने, बन पैदाबारजन्य उद्योग स्थापना गर्ने, जडिबुटी प्रशोधन केन्द्र स्थापनाका लागि आफ्नो ध्यान गएको भन्दै चमेलिया जलविद्युत आयोजना निर्धारित समयमै पूरा गर्न प्रधानमन्त्रीले जोड दिएको छ ।
पश्चिम सेती जल विद्युत आयोजनावारे अध्ययन भइरहेको बताउँदै प्रधानमन्त्रीले कैलालीमा गहुँको सुपरजोन स्थापना गरिने जानकारी दिए।
सम्बोधनका क्रममा प्रधानमन्त्रीले संविधान कार्यान्वयनका लागि असन्तुष्ट पक्षका जायज माग सम्बोधन गर्दै संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गरिएको बताएका छन् । प्रधानमन्त्रीले राष्ट्रलाई एकतावद्ध गरेर निर्वाचनमा जाने वातावरणका लागि सरकार लागिपरेको जनाउँदै जनतालाई दुःख दिनेखालका आन्दोलन नगर्न र सहमतिको वाटोमा आउन प्रमुख प्रतिपक्षलाई आग्रह गरे। प्रधानमन्त्रीले संशोधन प्रस्ताव फिर्ता नहुने बताउँदै यसलाई सबैको सहमतिमा परिमार्जन गर्न भने सकिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *