चितवनमा पुन मतदान गर्ने निर्णय बिरुद्ध सर्वोच्चको फैसला आउने निधिको आशंका

काठमाडौं ६ असार- सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा मतगणना सुचारु हुनेगरी फैसला सुनाउने तयारी गरेको स्रोतको दावी छ ।

यसको संकेत कांग्रेसका प्रभावशाली नेता एवं पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि चितवन पुगेकाबेला मंगलबार भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वाेच्च अदालत जान नहुने बताउदै यस्तो संकेत गरेका हुन् ।

भरतपुर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्धमा परेको रिटमा सर्वोच्च अदालतले आज अन्तिम फैसला सुनाउँदैछ । कायम–मुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासले सुनाउने फैसला पुनः मतदान होइन् नभई रोकिएको मतगणना सुचारु हुनेगरी आउने सम्भावना रहेको कानून व्यवसायीहरुको भनाई छ ।

यद्यपी उनले सर्वोच्चको निर्णय पुनः मतदानमै आउने संकेत भएपनि सर्वाेच्चको फैसलापछि कुनै पनि समयमा वडा नम्बर १९ को मतदान हुने र सबैजना निर्वाचनको तयारीमा लाग्नुस्,भन्दै निधिले कार्यकर्ताहरुमा आह्वान गरेका छन् ।
निर्वाचन आयोगले पुन मतदान गर्ने निर्णयविरुद्ध रिट दायर गर्दै वडा सदस्यका उम्मेद्वार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले निर्वाचन ऐनको दफा ५१ बमोजिम च्यातिएका मतपत्र बदर गरी बाँकी मतपत्रको गणना गर्न माग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *