चितवनमा प्रचण्डको अग्रता कायमै

चितवन, २४ मंसिर- चितवन क्षेत्र नं ३ मा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को अग्रता कायमै रहेको छ । आज बिहानसम्म एक लाख २५ हजार ८१८ मत मध्ये २५ हजार ६८३ मत गणना गर्दा दाहालले १४ हजार ५८९ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी विक्रम पाण्डेले १० हजार २४० मत प्राप्त गरेका छन् ।

यसैगरी क्षेत्र नं २ मा नेकपा (एमाले)का कृष्णभक्त पोखरेलले १४ हजार ४४७ मत र नेपाली काँग्रेसका शेषनाथ अधिकारीले आठ हजार ९९२ मत प्राप्त गरेका छन् । क्षेत्र नं २ मा १ लाख आठ हजार २१९ मतदाता रहेकामा ७७ हजार ४७६ मत खसेको छ ।

क्षेत्र नं १ मा नेकपा एमालेका सुरेन्द्र पाण्डेले ११ हजार १९५ र नेपाली काँग्रेसका राजेन्द्र बुर्लाकोटीले सात हजार ८८८ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा एक लाख २५ हजार ८२३ मतदाता रहेकामा ९३ हजार ८२६ मत खसेको थियो

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES