चीनका रक्षामन्त्री जनरल चाङ वानछुवान औपचारिक भ्रमणका लागि आज नेपाल आइपुगे

काठमाडौ १० चैत्र, चीनका रक्षामन्त्री जनरल चाङ वानछुवान औपचारिक भ्रमणका लागि आज नेपाल आइपुगेका छन् । नेपालका रक्षामन्त्री बालकृष्ण खाँडको निमन्त्रणामा तीनदिने भ्रमणका लागि चाङ वानछुवान नेपाल आएका हुन् ।

चाङ वानछुवानले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने बताईएको छ । आजै उनले रक्षामन्त्री बालकृष्ण खाँडसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

दुवै देशका रक्षामन्त्रीको उपस्थितिमा चिनियाँ जनमुक्ति सेना र नेपाली सेनाबीच सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर पनि गर्ने बताईएको छ । उनले शुक्रबार नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भेटवार्ता गर्दैछन्।

चीनमा रक्षामन्त्री सक्रिय आर्मी अधिकारी मानिन्छन्। रक्षामन्त्री केन्द्रीय समिति सदस्य हुन्छन् भने केन्द्रीय सैन्य परिषद्को उपाध्यक्ष हुन्छ। नेपाल र चीनबीच यसैवर्ष हुने भनिएको संयुक्त सैन्य अभ्यासको मोडालिटी,सहभागी हुने सैन्य संख्या र मिति समेत तय हुने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *