चीनको ईशारामा नेपालमा वाम एकता भएको राजपा नेता आरोप

काठमाडौं, १९ असोज – राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष बृषचन्द्र लालले मित्र राष्ट्र चीनको ईशारामा नेपालमा वाम एकताको सुरु भएको आरोप लगाएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपाध्यक्ष लालले भने,‘कशैको ईशारामा नभएको भए यो कसरी रातारात वाम तालमेल र पार्टी एकताको प्रयास भयो त ? सोच्नुपर्ने कुरा त यहाँनिर छ, म दाबाका साथ भन्छु यो चीनको ईशारामा वामपन्थीहरुवीचको एकता प्रयास भएको हो, यसमा प्रत्यक्ष रुपमा चीनले भूमिका खेलेको छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमकल दाहाल प्रचण्डलाई राजनैतिक नैतिकता नभएको नेताको संज्ञा दिए । उनले भने,‘प्रचण्डसँग थोरैपनि राजनैतिक नैतिकता छैन्, यदि त्यसो हुँदो हो त सरकारमा रहेर विपक्षीसँग गएर घाँटी जोड्न ेकाम गर्नु हुनेथिएन, म यहाँबाटै आग्रह गर्छु बचेखुचेको थोरै नैतिकता बाँकी छ भने तत्काल सरकार छोडेर लोकतान्त्रिक मुल्य र मान्यताको सम्मान गर्नुस्, लोकतान्त्रि गठबन्धन पार्टी एकताको लागि होईन, वाम एकताको बिरुद्धमा हो, हामी वाम एकताबाट डराएका होईन, यो गठबन्धन अपवित्र छ, यो बाहृय शक्तिको रिमोटबाट बनेको एकताले मुलुक र नेपाली जनताको भलो गर्दैन।’

मुलुकै ठुलो लोकतान्त्रिक शक्ति नेपाली काँग्रेस लगायत ६ दलहरु लोकतान्त्रिक मुल्य मान्यतामा उभिएका उल्लेख गर्दै लाले थपे,‘हाम्रो गठबन्धनले मुलुकलाई सवल बाटोमा लैजाने छ, यो गठबन्धनकासामु वाम एकताले हावा खानेछ।’

प्रधानमन्त्रीले अब माओवादीका मन्त्रीहरुलाई हटाउनुपर्छ : चौधरी
नेपाल लोकतान्त्रिक फोरमका महासचिव एवम् प्रमु्ख सचेतक योगेन्द्र चौधरीले माओवादी केन्द्रले एमालेसँग एकताको पहल थालेर गम्भिर भुल गरेको बताए । उनले भने,‘यदि प्रचण्डले आज आएर एमालेको नेतृत्वमा जानुपर्ने नै थियो भने दशवर्षे जनयूद्ध किन लडे? अनाहक १७ हजार मानिसको किन ज्यान लिए? के साँच्चै उनीहरुको रगतले प्रचण्डलाई भलो हुने देला?’

महासचिव चौधरीले अघि थपे,‘आगो र पानीजस्तै बनेका दलहरु आज आएर रातारात मिल्नु सामान्य कुरा छैन्, यो अपवित्र कार्य हो, यसमा जनताले खुब ध्यान दिनुपर्छ, वाम एकताको बिरुद्धमा लोकतान्त्रिक एकताको खाँचो छ।’

 

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES