चीनको एक महिला बिक्रीमा

कार्तिक २९ चिन, चीनमा एक युवतीले आफैंलाई बिक्रीका लागि अनलाइनमा राखेकी खबर समाचार माध्यममा आएको छ ।

चीनको गुवान्झाउ शहरमा बस्ने १९ वर्षीया कैयो मेग्युआनले आफूलाई बिक्रीमा राखेकी हुन् । उनले सबैभन्दा बढि मूल्य लगाउनेले आफूलाई किन्न सक्ने चीनमा लोकप्रिय सामाजिक सञ्जाल वि च्याटमा उल्लेख गरेकी छिन् ।

कैयोले आफैंलाई बेच्नुपर्ने परेको कारण भने उनकी आमा बिमारी भएकीले हो । उनलाई आमाको उपचारका लागि पैसा चाहिएको छ । विपन्न परिवारकी जेठी छोरी कैयोले पैसा जुटाउने कुनै उपाय नभेटेपछि आफैंलाई विक्रीमा राखेकी हुन् । बढि मूल्य तिरेर खरीद गर्ने व्यक्तिले आफूलाई जीवनभर चाहेको काममा उपयोग गर्न सक्ने कैयोले बताएकी छिन् । उनले आफ्नो फोन नम्बर पनि सेयर गरेकी छिन् ।

गरिबीको कारणले आफ्नो पढाई पूरा गर्न नसकेकी कैयो परिवारको भरणपोषणका लागि थुप्रै ठाउँमा मजदुरी गर्छिन् । उनकी आमालाई स्किन क्यान्सर भएको छ । उनलाई हाल गान्झाउ अस्पतालमा भर्ना गरिएको छ । अस्पतालले उनको उपचारका लागि साढे तीन लाख युआन मागेको छ । यति धेरै पैसा उनको परिवारसँग छैन ।

कैयोले गरेको विज्ञापनमा धेरै समाजसेवी संस्थाहरुको ध्यानाकर्षण भएको छ । एउटा एनजिओले उक्त विज्ञापनको आधिकारिकता पुष्टि गरिसकेपछि कैयोलाई सहयोग गर्ने प्रतिवद्धता जनाइसकेको छ । गोंग यी पाई नामको एनजिओका संस्थापक हुआङ की-लिंगले कैयोको आमाको उपचारमा लाग्ने सम्पूर्ण खर्च आफ्नो संस्थाले व्यहोर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *