चीन र ओलाङचुङ्गोला सडक सञ्जालले जोडियो

ताप्लेजुङ ७ साउन- छिमेकीमुलुक चीन संग नेपालको अर्को नाका सडकले जोडिएको छ । सात महिना अघिदेखि नेपाल र चीनको सीमा क्षेत्र टिपतालाबाट निर्माण सुरु गरिएको सडक निर्माणकार्य ताप्लेजुङको ओलाङचुङ्गोला बस्तीसम्म आइपुगेपछि चीन र ओलाङचुङ्गोला सडक सञ्जालले जोडिएको हो। ताप्लेजुङ जिल्लाको सबै भन्दा विकट क्षेत्रको रुपमा रहेको सो क्षेत्रमा चीनबाट सडक बाटो आएपछि स्थानीयवासी खुसी भएका छन् ।

टिपताला देखि उक्त बस्तीसम्मको २१ किलोमिटर लामो सडक निर्माणकार्यमा तीन करोड बढी खर्च भएको छ। राज्यको भन्दा दुई तिहाइ बढी बालुङ समाजको लगानी रहेको छ ।

ओलाङचुङ्गोलामा जन्मिएर देश तथा विदेशमा बसोवास गर्दै आउनुभएका बालुङहरुले सडक निर्माणका लागि सहयोग गरेका हुन्। उपभोक्ता समितिले सडक निर्माणको जिम्मा चिनियाँ ठेकेदार कम्पनीलाई दिएको छ।

यता २०६६ साल देखि सुरु भएको ताप्लेजुङ सदरमुकाम फुङ्लिङ हुँदै ओलाङ्चुङगोला जोड्ने सडक निर्माण कार्य भने फक्ताङ्लुङ गाँउपालिकाकको तापेथोकमा पुगेको छ। हाल सम्म ४१ किलोमिटर ट्रयाक खोलिएको छ भने बाँकी ३५ किलोमिटर ट्रयाक खुले ओलाङ्चुङगोला संग सदरमुकाम फुङ्लिङ सडक सञ्जालले जोडिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *