चुनावी तालमेल भनेको पार्टी एकता हुँदै हैन

dewan raiपृथ्वी किराती (देवान)

दुई दिन सम्म खुबै चिन्ता र चासो अनि कोहि हौसिने बहस फेसबूक भरी देखियो । त्यो विषय थियो चुनावी तालमेल को । चुनावी तालमेल भनेको पार्टी एकता हुँदै हैन । २०७० को चुनावी नतिजा भन्दा माथी माओवादी उक्लनै पर्ने बाध्यता छ । जस्को लागि कांग्रेस वा एमाले संग तालमेलको नीति अवलम्वन गर्दा नै वैज्ञानिक हुन्छ ! व्याबहार जो जहाँ भएनी सिद्दान्त कग्रेस पार्टी भन्दा एमाले संगको सहकार्यले नै माओवादी सपना सकार हुनसक्छ आफै बलियो शक्ति नहुदाको अबस्थामा ।

भोलिको दिनमा समाजवादी क्रान्ती सम्पन्न गर्ने कार्यनितिमा एमाले पनि सहमत हुन सके एमाले संग मात्रै होइना अरु कम्यूनिस्ट भन्नेहरु संग पनि एकता र सहकार्य नगरी अहिलेको माओवादी संख्याले मात्रै समाजवादी क्रान्तिको ढोका खोल्नु सकिन्ना । जस्को लागि बहसको सकरात्मक वातावरण बनाउनु यो तालमेलले भुमिका खेल्नु सक्छ । यहाँ प्रस्न जन्मिएला के एमाले अधक्ष केपि ओलि पनि कम्यूनिस्ट बन्न सक्छ भनेर ? तर एमाले भित्र पनि सबै मित्रहरु संसोधनवादी र जडसुत्रवादी या परिवर्तन बिरोधी अनि माओवादी जति सबै १ नं को मार्क्सवादी छन् भन्ने कुराको बुझाइमा द्वन्दामत्मक बुझाइ हुनु पर्दछ !
सायद यो तालमेलमा एमालेका सबै मित्रहरु खुसी छन् होला भन्ने पनि लाग्दैन । त्यस कारण यो चुनावमा प्रधान र गौण मित्र र बिरोधी छुट्टाउदै अधिकतम बहुमत ल्याउनु पर्नेचेतना हामी कार्यकर्तामा समेत हुनु जरुर छ । अन्याथा चुनाबमा भाग लिने कार्यको बिरोधमा लाग्नु पर्छ ।

तर आकस्मिक क प्रचण्ड द्द्वारा उम्मेद्द्वारी छनोट समितिको बैठक बोलाइ माओवादी र एमाले बीच ६ बुदे सहमती पत्र पेस गर्नुले बिस्वास संकै संका उत्तिकै जन्माएको छ । यस्तो निर्णय क. प्रचण्ड आफै मात्र पार्टी जस्तो ठानेर कमिटी गौण मान्ने हो भने आत्म केन्द्रित व्याक्तिवादको उत्कर्स हुन सक्छ । यो प्रवृतिको आगमी दिनमा कडा बिरोध गर्दै नेतृत्व सच्चाउने कार्यमा लाग्नु पर्दछ । यधपी उक्त ६ बुदे भित्र लेखिएका कुरा सकरात्मक माने पनि १ नं बुदाको सहमतिमा लेखिएको कुरालाइ बुदा नं ६ मा राख्दा अति राम्रो हुन्थ्यो । १ नं बुदामा लेखिएको कुराले पार्टी एकताको ग्यारेन्टी भै सकेको तथ्य जस्तो दर्साउछ । यदि त्यो सहमती नै भै सकेको विषय भए एमाले र माओवादी दुबै पक्षको कार्यकर्ताको बहस र स्पष्टता बिना सबैमा अकर्मन्यता र संका मात्र जन्माउछ ।नेतृत्व बाट यो चत्तुर्याइ गर्नु खोजिएकै हो भने नेतृत्वको मर्म अनुरुप सहज चुनाव पछि नहुन पनि सकछ ।

एमाले यदि सच्चा कम्यूनिस्ट बन्ने थालनी सहित माओवादीले यो संविधानमा राखेको नोट अफ डिसेण्ट प्रती समर्थन , जनयुद्धको सकार संश्लेषण र पहिचानको सुल्टो तर्क सहित दुबै पङतीका नेतृत्वहरुले फराक छाती पारे सबै खाले उत्पिडनको अन्त्य सहित नेपाल परिवर्तनको सुरुवाता कम्यूनिस्टहरु बाट मात्रै सम्भब रहेको तथ्य पुष्टि हुनेछ । तर कार्यन्वयन चुनाबी तालमेलमेलमा को-कतिको इमानदारी बन्ने विषयले आगामी मार्ग निर्धारण होला । चुनावमा यदि दुबै पक्ष इमानदारी बनेर ६०/४० लाई कार्यन्वयन गरे बाकि यात्राको सहकार्य र बिचार सहितको कम्यूनिष्ट ध्रुबिकरणको बहसमा निश्चय नै केही सहजता बनाउनु सक्छ ।

अनि हुन सक्छ पार्टीहरुको एकता अभियान , त्यसैले माओवादीहरुले सुर्य चिन्हमा हैन , आ-अफ्नो पार्टिकै चुनाव चिन्हमा मतदान गर्ने गरि तालमेल गरेर जाने कामले सबैको अस्तित्व समान रहन्छन् । यो कुरामा माओवादी नेतृत्वले पून सच्च्याउनु सक्नु पर्दछ ।त्यसो भएमा १ नं बुदाको बहसलाई थाती राख्दै आ-आफ्नो चुनाव चिन्हमा मतदान गर्ने सहमतीको स्वागत गर्नु नै अहिलेको परिस्थितिमा वस्तुवादी हुनेछ । तालमेल भनेको पार्टी एकता नै भन्ने कुरा नबुझौ र नबुझाउ,
यो तालमेल नगरी आफै मात्र सक्षम देख्दा सम्भावनाहरु गुम्न नि सक्छ । आखिर यो चुनावमा भाग लिनु हामी सबै स्टटास कर्ताहरु तयारी भएकै हौँ । यो मेरो निजि बिचार

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES