छात्रा यौन शोषणको आरोपमा पक्राउ परेका शिक्षक रामदुलारलाई थुनामा राख्न ७ दिनको म्याद थप

काठमाडौँ २४ चैत, स्कूल पढ्ने बालिकालाई यौन शोषणको आरोपमा पक्राउ परेका शिक्षक रामदुलार साह सोनारलाई जिल्ला अदालत महोत्तरीले ७ दिनको म्याद थप गरि अनुसन्धान गर्न अनुमति दिएको छ ।आफ्नै विद्यालयकी छात्रालाई ललाई फकाई यौन शोषण गर्दै आएका शिक्षक राम सोनारलाई गौशाला बाट प्रहरीले पक्राउ गरेको थियो ।

बर्दिबास नगरपालिका–३ घर भएका शिक्षक साह गौशालामा डेरा लिई ट्युसन पढाउँदै आएका थिए । इप्रका गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलको नेतृत्वमा गएको टोलीले शिक्षक साहलाई ढोका खोल्न लगाई कोठाभित्र रहेकी छात्रासँगै पक्राउ गरेको थियो ।

सो पश्चात मेडिकल जाँचको लागि प्रहरीले शिक्षक र बालिकालाई जिल्ला अस्पताल जलेश्वर पठाएको र जाँचमा पोजेटिभ देखिएको इलाका प्रहरी कार्यालय गौशाले जनाएको छ । पक्राउ परेका शिक्षक साह माथी करणी मुद्दा चलाई थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *