जंगली हात्तीले आक्रमण गर्दा बबई नगरपालिकामा एकजनाको ज्यान गयो

फागुन २५ बर्दिया,बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट आएको जंगली हात्तीले आक्रमण गर्दा बबई नगरपालिका ३ का १८ बर्षीय विजय नेपालीको ज्यान गएको छ ।

मंगलबार राति निकुञ्जबाट बबई नगरपालिका कर्मला गाउँमा आएको जंगली हात्तीलाई धपाउन खोज्दा नेपालीलाई हात्तीले कुल्चिएको हो । बर्दिया निकुञ्जबाट आएका जंगली हात्तीले निकुञ्ज आसपासका क्षेत्रमा अन्नवालीमा नोक्सान पु¥याउने र घरगोठ भत्काएर आतंक मच्चाउन गरेको छ । जंगली हात्ती गाउँमा पसेर वालीनालीमा नोक्सानी पु¥याउन थालेपछि स्थानीय बासिन्दा ज्यान जोखिममा राखी हात्ती धपाउन रातभर जाग्राम बस्ने गरेका छन् ।

निकुञ्जबाट आएको जंगली हात्तीले कुल्चेर विजयको ज्यान गएपछि आक्रोशित स्थानीय बासिन्दाले आफूहरुको घरगोठ, बालीनाली तथा ज्यानको समेत सुरक्षा गर्नुपर्ने माग राख्दै बुधबार बिहान पूर्वपश्चिम राजमार्ग बन्द गराएका थिए । यसैबिच आक्रोशित स्थानिय बासिन्दाले निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अन्र्तगत श्रीरामनगर उपभोक्ता समितिमा समेत तालाबन्दी गरेका छन् ।

हात्तीको आक्रमणमा परि ज्यान जानेको परिवार मध्ये एक जनालाई रोजगार दिने, राहत रकम ५ लाख ३० हजारबाट बढाएर पिडीतको माग अनुसार १० लाख रुपैयाँका लागि पहल गरिने, निकुञ्ज किनारमा कंक्रिट निर्माण गर्ने तथा आतंक मच्चाउने हात्तीलाई प्रक्रिया पु¥याएर मार्ने व्यवस्था गर्न पहल गर्ने लगायतका मागमा सहमती भएपछि दिउँसोबाट राजमार्ग खुलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *