जथाभावी सडक क्रस गर्ने पैदल यात्रुलाई सुक्रबार देखि २०० सय जरिवाना

काठमाडौ १५ बैशाख, सुक्रबार देखि महानगरीय ट्राफिक महाशाखाले जथाभावी सडक क्रस गर्ने पैदल यात्रुलाई कारबाही गर्ने भएको छ । महानगरीय ट्राफिक महाशाखाका प्रमुख डिआईजी मिङमार शेर्पाले जथाभावी सडक क्रस गर्ने पैदल यात्रुलाई शुक्रबारदेखि केहीबेर नियन्त्रणमा लिई २ सय रुपैयाँ जरिवाना गर्ने चेतावनी दिएका छन् ।

उपत्यकामा पैदल यात्रुको सुरक्षाका लागि जनचेतना कार्यक्रमको शुक्रबार काठमाडौंमा शुभारम्भ गर्दै उनले जेब्रा क्रसमा पैदल यात्रुले खुट्टा राख्ने बित्तिकै सवारी साधान नरोक्ने सवारी चालकलाई पनि कडा कारबाही गर्ने चेतावनी दिए ।

महानगरीय ट्राफिक महाशाखाले सवारी दुर्घटना न्यूनिकरण गर्न बैशाख १ गतेबाट सवारी साधानमा हर्न बजाउन रोक लगाएको थियो । सवारीको चापलाई व्यवस्थित गर्दै दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यका साथ शुक्रबारबाट पैदल यात्रु सुरक्षा कार्यक्रम संचालनमा ल्याइएको हो ।

पैदल यात्रुले जथाभावी सडक क्रस गर्दा नै सवारी दुर्घटनामा परी धेरैको ज्यान जाने गरेको पाइएपछि महाशाखाले पैदल यात्रुहरुलाई जेब्राक्रस र आकाशेपुल प्रयोग गरेर मात्रै सडक पार गर्न पनि पुनः अपील गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *