जनकपुरमा झडप

जनकपुर ४ असार -जनकपुरमा राष्ट्रिय जनता पार्टीका नेताकार्यकर्ता र प्रहरीबीच झडप भएको छ । राजपाका नेता/कार्यकर्ताले जिल्ला बन्द आह्वान गर्दै होहल्ला गरेपछि झडप भएको हो । राजपाका कार्यकर्ताले जनकपुरमा प्रदर्शन गरिरहेका छन् ।

झडपका क्रममा केही राजपाका नेता-कार्यकर्ताहरु घाइते भएका छन् । घाइते मध्ये पाँच जनाको अस्पतालमा उपचार भइरहेको छ । राजपा धनुषा जिल्ला अध्यक्ष परमेश्वर शाहसहित २५ जना नेताकार्यकर्ता पक्राउ परेका छन् । नवलपरासी घटनाको विरोध गर्दै राजपाका नेता/कार्यकर्ता आन्दोलनमा उत्रिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *