जनप्रतिनिधिलाई मोबाईल किनीदिने निर्णय संगै विवादमा काठमाडौ महानगरका मेयर

काठमाडौ ९ असार-काठमाडौ महानगरपालिकाका नव निर्वाचित मेयर विद्यासुन्दर शाक्य अहिले विवादमा मुछिएका छन् । नेकपा एमाले पार्टीबाट निर्वाचित शाक्यले जनप्रतिनिधिलाई मोबाईल किनिदिने निर्णय गरे संगै विवादमा मुछिएका हुन् ।मेयर शाक्यले महानगर कार्यपालिकाको दोस्रो बैठकबाटै आफ्नो सेवा सुविधा र मोबाइल किन्नेबारे निर्णय गरेका हुन् ।

मेयर शाक्यले अनलाईन खबर संग कुरा गर्दै भनेका छन् ‘जनप्रतिनिधि पनि तपाई हाम्रो समाजकै हुन्, उनीहरुले कर्मचारीले भन्दा न्यूनतम सेवा सुविधामा काम गरिरहेका छन् । कर्मचारी गाडी चढेर हिँडेका छन्, कसैले केही भन्दैनन् । त्यहाँको अध्यक्षले चाँही बैठकमा जानलाई त्यहाँसम्म पुर्‍याइदेउ न भन्नुपर्ने अवस्था छ ।

यो स्थिति आउन दिनुहुँदैन । म त के भन्छु भने राज्यले छिटो उहाँहरुको सेवा सुविधा तोक्नुपर्छ । हामीले बुझ्नुपर्ने के हो भने कोही पनि कर्मचारी खान नपाएर जागिर खान गएका हुँदैनन् । सकारात्मक रुपमा हेर्नुपर्छ । जनप्रतिनिधि बिहानदेखि बेलुकासम्म खटेका छन् । राति पनि भन्न पाउनुहुन्न । उहाँहरुको पुरानो नम्बर आफ्नो ठाउँमा छ, हामीले नयाँ सीमसहित मोबाइल दिएका हौं ।’ महानगरले जनप्रतिनिधिलाई एक हजार रुपैयाँ बैठक भत्ता र एक हजार यातायात खर्च छुट्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *