जम्बो मन्त्री मण्डल बने संगै राज्यमाथि करडौ रुपैयाको भार

काठमाडौ ७ भदौ-ईतिहासमै, नेपालमा जम्बो मन्त्री मण्डल गठन गरिए संगै, राज्यलाई करडौ भार थपिएको छ । नयाँ राज्यमन्त्रीहरु थपिए संगै ईतिहासकै जम्बो मन्त्री मण्डल बनेको हो । अहिले नेपालमा राज्यमन्त्रीहरुले मासिक ६० हजार तलब पाउछन् । सरकारले घरभाडा वापत मन्त्रीलाई ५० हजार र राज्यमन्त्रीलाई ४० हजारको दरले दिने गरेको छ । घरभाडा फर्निसिङ्गको लागि एकमुष्ट २ लाख उपलब्ध गराउने गरेको रहेछ । त्यसको साथमा सुरक्षा पोष्ट (गार्ड हाउस) समेत बनाईदिने गरेको छ ।

प्रत्यक राज्यमन्त्रीको स्वकीय सचिवलाई उपसचिव, शाखा अधिकृत,नायव सुब्बा,२ सवारी चालक र दुई कार्यालय सहयोगी उपलब्ध गराउने गरेको छ । प्रत्यक राज्यमन्त्रीको स्वकीय सचिवका कर्मचारीलाई मात्र मासिक ३ लाख भन्दा बढी खर्चहुन्छ ।

मन्त्रीहरुले गृह मन्त्रालयबाट एउटा गाडि, आफ्नो कार्यालयबाट एउटा गाडी र स्वकीय सचिवको लागि अर्को गाडी गरेर ३ वटा गाडि प्रयोग गर्छन् ३ वटै गाडिको लागि चालक, इन्धन, मोबिल मर्मत खर्चको नाममा महिनाको डेढ लाख र विजुली,पानि,टेलिफोन खर्च महिनाको २० हजार लिने गरेको बताईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *