जापानमा बाढी पहिरोका कारण मृत्यु हुनेहरुको सङ्ख्या बढेर ३४ पुग्यो

साउन ३ – जापानको दक्षिण पश्चिमी क्षेत्रमा पर्ने फुकुओका र ओइटा प्रदेशमा बाढी पहिरोका कारण मृत्यु हुनेहरुको सङ्ख्या बढेर ३४ पुगेको छ । गत जुलाई पाँचमा भिषण र अविरण बर्षापछि आएको बाढी पहिरोमा परी अरु सात जना अझै पनि हराइरहेको अधिकारीहरुले जनाएका छन् ।

सोमबार मात्रै थप दुई जनाको शव बाढीपहिरो प्रभावित क्षेत्र भन्दा झण्डै १० किलोमिटर टाढा भेटिएपछि मृत्यु हुनेहरुको सङ्ख्या ३४ पुगेको हो ।

बाढी पहिरो प्रभावित क्षेत्रमा हराईरहेकाहरुको खोजी गर्न बगेर आएको माटो हटाउन र भत्किएका घरहरुको काठ निकाल्न सोमबार पनि २७ हजार जना जापानको प्रतिरक्षा बल (एसडीएफ) र अग्नि नियन्त्रक खटिएका जनाईको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *