जीवन र मृत्यु

जीवन र मृत्यु

chisang
लेखक: चिसाङ्ग शेर्पा

सृष्टिकर्ता देखि सुरुवात भएको यो संस्कार सदियौसम्म रहिरहनेमा कोहीको दुईमत नहोला अक्सर त्यही जन्म र मृत्युबिचमा हामीले इतिहास कायम गर्ने सुयोग्य कर्म गरेर संसारलाई अलविदा गर्नु जीवनको अर्को नाम दिनु हो।हरेक मान्छेको जन्मको पछाडी अर्को पात्र लुकेको हुन्छ ,जन्म लिनु उसको कर्तव्य हो भने दुनियाँमा आफुलाई स्थापितको पात्र बनाउनु उसको जिन्दगीको सार्थकता हो । जन्म त यहाँ धेरैको भएको पाइन्छ तर कोहीको यस्तो जन्म हुन्छ उ मरेर गएपनि पटक-पटक लाखौको मानसपटलमा जन्मिरहन्छ ।

जब हामी यो धर्तीमा पाइला टेक्छौ, तब यो धर्तीले सोच्छन् रे नव मनुस्यको मेरो छातीमा आवगमन भयो । अब उसले मलाई कुल्चेर समाजलाई सहि कार्यमा केन्द्रिकृत गर्नेछ । जो कोहीको जन्मपछी मृत्यु त धुर्वसत्य कुरा हो तर त्यहीँ जन्म मृत्युको बिचमा हुने उतारचढाव यस्तो रणभूमि हो जहाँ इतिहास बन्न नि सक्छ बिग्रन पनि सक्छ । उदाहरणहरु हामीले धेरै नजिकबाट नियालेका छौ । सोच्नुस त जन्मदेखी मर्नुभन्दा अगाडिसम्म तपाईले यो संसारको लागी के प्रसंसनिय काम गर्नु भयो ? म यो समाजलाई के छोडेर जादैछु ? मेरो पछाडीका पीडिहरुले म बाट के लिनेछ ? यो सबै सोच्दा जिन्दगी रणभुलमा फसेझै हुन्छ र यथार्थ पनि यहि हो ।

यो जन्म र मृत्यु बिचको खाली भागलाई एकपटक हृदयङ्गम गरेर हेर्नुस् त, एउटा भकुण्डो भित्र हावा भरिएको जस्तै हो जिन्दगी पनि जो हावा रहिन्जेल त्यो भकुण्डो जहाँ पनि जान सक्छ । यता पनि गोल हुन सक्छ उता पनि गोल हुन सक्छ । फरक यति हो उता गोल भए भकुण्डोलाई सबैले चुम्छन अक्सर यता गोल भए भने सबै इष्र्या गर्छन् । त्यसरी नै यो हाम्रो जीवनमा पनि जबसम्म प्राण हुन्छ तबसम्म हामी पनि त्यही भकुण्डो जस्तै यताउता तलमाथि गरिरहेका हुन्छौं । त्यहीँ जन्म र मृत्युको मध्य भागमा रहेको प्राणमा यस्तो अतुलनीय काम गरौ ताकि भोलि सबैले वाह-वाह गरून् । मान्छेहरू किन हमेसा मन्दिर जान्छन् ? किन गुम्बा धाउछन्म ? किन मस्जिद , चर्च तिर पाईला मोडछन् ? आखिर त्यहीँ आस्था गरिएको देबताको पुजा गर्न,आराधना गर्न । तर तपाई यस्तो मान्छेहुने लक्ष्य लिएर हिंड्नुस मानौ तपाई नै साँक्षी ईश्वर हो । जस्ले आफू रोएर अर्कोलाई हसाँउछ,आफू वारि रहेर अरुलाई पारी पुर्‍याउछ । आफू जल्दै अरुलाई उज्यालो दिन्छ । सिलाको मूर्तिलाई खाने बहानामा प्रसाद चढाउदै हिड्ने यी मनुष्य जातिमा यस्तो ज्ञान दिने प्रयत्न गर्नुस् । इज्जत र श्रद्दा त्यसलाई गर्नुस् जसलाई नभेटिने भगवान त भन्न मिल्दैन काम भगवानको गर्छन् ।

पुजाको थालीमा प्रसाद बोकेर मन्दिर जादैमा कोही पबित्र र पाप बिहिन हुदैन । सक्नुहुन्छ भने यौटा गरिब दिनदुखीको झुपडीमा जानुस् उसलाई मिठो बोलिदिनुस त्यतिबेला तपाई भगवान हुनुहुने छ । यहीँ जन्म र मृत्युको बिचमा हामीले बुझ्नुपर्ने संसारमा सबैभन्दा ठुलो धर्म भनेको त मानव सेवा हो । किनकी जब एउटा भोकले छटपटाएको मान्छेलाई रोटी दिदाँ खुशी हुन्छ अनि तपाईलाई ति भोकाएका ब्याक्तिले तपाईलाई भगवान भन्नेछ । सोच्नुहोस त, तपाईंको सानो कामले कसैको ओठमा हाँसो भरिन्छ भने त्यो भन्दा अर्को सुख के हुनसक्छ यो जिन्दगीमा ? कमसेकम जति बाँचिन्छ त्यतिबेला सम्म राम्रो काम गरौं मरेर जादा पनि सबैको मनमा बस्न सकियोस् यहि त हो जीवन ।

अधिकांशको यहि चाहाना हुन्छकी, म जीवनमा धेरै राम्रो काम गरेर यो समाजलाई केही योगदान दिएर मर्छु । त्यसैले जिन्दगीमा यदि पुण्य कमाउनु छ भने,मानव सेवा गर्नुस् । त्यहीँ हो तपाईंको लागी ठुलो जात,त्यहीँ हो तपाईंको लागी ठुलो धर्म,त्यहीँ हो तपाईंको लागीसबै भन्दा महान पुण्य ।

अत: यहि हाम्रो जीवन र मृत्युको बिचमा गरेको काम देखेर ,कोहीमान्छे यस्तो लाग्छ भगवान पनि उसको सामु के हो र ? त्यसैले हरेकदिन उसको आरती उतारु । उसैको आराधना गरौं । साच्चै यो दुनियाँमा यति गुणकारी र सहयोगी देवता पनि भेटिन्छ,जीवन नै उसैको लागी बलिदान दिन मन लाग्छ भनेर सिंगो देशनै गुञ्जयमान होस त्यो पो हो त जीवन । मान्छे कुनबेला हाँस्छ ? कुन प्रहरमा खुशी हुन्छ ? त्यो त हामीलाई थाहा हुन्न ।

तर तपाईं त्यो दिन हाँस्नहोस्, त्यो पल औधी प्रसन्न हुनुहोस्, जुन दिन तपाईंको सानो कारणले दुनियाँले,दिल खोलेर तपाईंको वाह,वाह गर्नेछ ।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES