जुनकिरी सार्वजनिक (भिडियो सहित)

धनु राई-ओखलढुङ्गा- २ असार- सुमधुर स्वरका धनि गायक जनक ताम्राकारको हृदय स्पर्शि गीत जुनकिरीको म्युजिक भिडियो सार्वजनिक भएको छ । जनकका आफ्नै दाजु महेश ताम्राकारको शब्द,संगीत तथा साहस शाक्यको एरेंजमा रहेको आधुनिक गीत जुनकिरीको म्युजिक भिडीयो सार्वजनिक भएको हो । बिगत ४ बर्षदेखी सञ्चार क्षेत्रमा सक्रिय ताम्राकारको जुनकिरीमा नेपाली र डोटेली भाषाको समिश्रण पाउन सकिन्छ ।

जुनकिरीमा नायिका निता ढुंगाना र मोडल सनम कठायत र महेश ताम्राकारको अभिनय रहेको छ । यस गीतलाई शसन कँडेलले निर्दशन गरेका हुन भने गीतका निर्माता खिम मगर हुन । उक्तको म्युजिक भिडियोलाई अर्जुन तिवारीले छायांकन र निशान घिमिरेको सम्पादन गरेका छन् । डोटेली र नेपाली भाषाका शब्दहरु पाउन सकिने यस गीतमा टाईटल जुनकिरीको अर्थ मायाको संकेत रहेको बुझिन्छ । उक्त गीत बजारमा आउने भन्दा फरक पन भएकोले गीत चल्नेमा निर्धक्क रहेको गायक जनक ताम्राकारले बताए । गीतको म्युजिक भिडीयोमा निता र सनमको उत्कृष्ट अभिनयले झन सुनमा सुगन्धको काम भएको जनकले बताए । कम्पोजर महेश ताम्राकार र गायक जनक दाजु भाइ हुन ।

गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *