जोशीपुर गाउँपालिकामा संघिय समाजवादी फोरमको अग्रता

टीकापुर १५ असार- जोशीपुर गाउँपालिकामा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले अग्रता लिएको छ । २ हजार १०० मत गणना हुँदा सम्म संघीय समाजवादी फोरमका अध्यक्षका उम्मेदवार चन्द्रप्रकाश चौधरीले ४९९ मत सहित अग्रता लिएका छन् ।

दोस्रो स्थानमा उपप्रधानमन्त्री विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमका बिरुप्रसाद चौधरी रहेका छन । उनले ४८४ मत हासिल गरेका छन । त्यस्तै काँग्रेसका रामकृष्ण चौधरीले ४२३, एमालेका प्रेमलाल चौधरीले २३१ र माओवादीका भक्ति थारुले २२६ र राप्रपाका उम्मेदवारले २१६ मत हासिल गरेका छन् । जोशीपुरमा १५ हजार ५ सय २७ जनाले मतदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *