झापाको पुरानो सदरमुकाम झापा गाउँपालिकामा कांग्रेसको अग्रता

झापा १६ असार – नेकपा एमालेको गढ मानिएको झापा जिल्लाको पुरानो सदरमुकाम झापा गाउँपालिकामा नेपाली कांग्रेसले  अग्रता लिएको  छ ।

हाम्रा सुचनाखबरका संवाददाता   भूबन बुढाथोकीले दिएको जानकारी अनुसार अहिलेको ताजा मत परिणाममा   नेपाली कांग्रेसको तर्फबाट  गाउँ पालिका अध्यक्ष जय नारायण साहको १११७  मत छ भने उपाध्यक्ष बसुन्धरा थपलिया को ८७४  मत खसेको छ ।

साहलाइ पछ्याउदै आंफ्नो पाटीको साख बचाउन पछाडी पछाडी दौडी रहेका नेकपा एमालेका उमेद्वार गजेन्द्र ताम्ली झन्डै दोब्बर मतले पछि पर्दै ५८७   मत मात्र प्राप्त गरेका छन्  भने उपाध्यक्ष कुन्ती देवी बुढाथोकीले ६४९ पाएकी छिन्  ।

त्यस्तै माओबादी केन्द्रका उमेद्वार रुद्र बजगाईले ४६९ मत पाएका छन्   । समाजवादी फोरमका उपाध्यक्षमा उमेद्वार गौरी राजबंशीले ५१० मत पाएका छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *