टोपबहादुर रायमाझी भारी मतान्तरले विजयी

अर्घाखाँची,२५ मंसिर- अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार टोपबहादुर रायमाझी भारी मतान्तरले विजयी भएका छन् ।

सोमबार साँझ सार्वजनिक अन्तिम मतपरिणामअनुसार माओवादी केन्द्रका नेता रायमाझीले ५० हजार ८३७ मत पाएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामबहादुर बीसीले ३२ हजार ५४४ मत ल्याए ।

अर्घाखाँचीमा प्रतिनिधिसभातर्फ एकमात्रै निर्वाचन क्षेत्र रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *