ट्रम्पलाई जिल्ला पार्दै, किम जोङ उनको हत्या योजना उत्तर कोरियाले ह्याक गर्यो

काठमाडौ – उत्तर कोरियाका ह्याकरहरुले आफ्ना सर्वोच्च नेता किम जोङ उनको हत्या योगना कम्युटर ह्याक गरेर चारी गरेका छन् । ह्याकरहरुले अति गोप्य उक्त योजना कब्जा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा बनेको हत्या योजना विफल भएको छ ।

बीबीसीका अनुसार दक्षिण कोरियाका एक सांसद री शियोलका अनुसार उनलाई मार्ने योजना चोरी भएको दक्षिणको रक्षा मन्त्रालयले स्वीकार गरेको छ । सो योजनाभित्रै दक्षिण कोरिया र अमेरिकाको साझा युद्ध नीति रहेको छ ।

ह्याक गरिएको उक्त दस्तावेजमा अमेरिकी तथा दक्षिण कोरियाको सैन्य कमाण्डरसँग जोडिएको गोप्य जानकारी समेत रहेको छ । त्यतिमात्रै नभएर अहिलेसम्म दक्षिण कोरियाले अमेरिकासँग गरेको सैन्य युद्ध अभ्यास र उसको आगामी नीति समेत दस्तावेजमा उल्लेख छ ।

चोरिएको उक्त डाटा २३५ जीबी रहेको छ । जसमा दक्षिण कोरियाको विशेष सैन्य दस्तावेज, पावर प्लान्ट तथा वृहत सैन्यको ठेगानाको बारेमा जानकारी दिइएको सासंद रीले दाबी गरेका छन् । यस्तै सैन्य डिफेन्स इन्टिग्रेटेडबाट चोरिउको उक्त डाटामा ८० प्रतिशत जानकारीको पहिचान हुन नसकेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *