ठगी गरेर फरार रहेका घर जग्गा ब्यबसायी पक्राउ

पौष १३ काठमाडौ,ठगीको मुद्दामा अदालतले सजाय तोकि सकेर पनि फरार रहेका घरजग्गा व्यवसायी सुधिर बस्नेत उनकै घर धापासी बाट पक्राउ परेका छन् । बस्नेत,घरजग्गा व्यवसायमा सर्वसाधारणको करोडौं रकम ठगेर बेपत्ता भएका थिए ।
प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका बस्नेत लामो समयदेखि भारतमा लुकेर बसेका थिए । घर आएको सूचना थाहा पाएपछि गएको प्रहरीको टोलीले बस्नेतलाई धापासीस्थित उनकै घरमा बसिरहेको अवस्थामा पक्राउ थियो ।
अदालतबाट दुई वर्षको कैद र ४५ लाख रुपैयाँ जरिमानाको सजाय सुनाईएका बस्नेतलाई प्रहरीले आजै अदालतमा बुझाउने बताइएको छ ।
महानगरीय प्रहरी परिसर टेकुका निमित्त प्रमुख एसपी प्रद्युम्न कार्कीका अनुसार २०७३ असार ३० गते काठमाडौं जिल्ला अदालतले बस्नेत विरुद्ध फैसला ठगी मुद्दा चार चाख ९४ हजार जरिवाना र ६ महिना कैद सँजाय सुनाएको थियो ।
त्यसैगरि अदालतले यसअघि २०७२ चैत १८ गते पाँच करोड ९१ लाख ९७ हजार नौ सय ४५ जरिवाना र दुई वर्ष कैद सँजाय सुनाएको थियो ।
ठगी मुद्दामै भक्तपुर जिल्ला अदालतले वस्नेत विरुद्ध २०७२ मंसिर ७ गते ८४ हजार ६ सय ४८ जरिवाना र दुई वर्ष कैद फैसला सुनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *