डान्सिङ्ग गीतमा पनि उस्तै अब्बल सिडी विजय अधिकारीको आवाजमा “माया गरिदेउ”

काठमाडौ ९ असोज- युवा गायक सिडी विजय अधिकारीको “तिम्रो कर्के नजरैले जब हेर्छौ मलाई, म खुल्न थाल्छु, फुल्न थाल्छु,झुल्न थाल्छु हाई, माया गरिदेउ मलाई” बोलको गीत सार्वजनिक भएको छ । सामाजिक संजाल र मेडियामा सधै नै चर्चामा आई रहने नाम सिडी विजय अधिकारीको, यो भन्दा अगाडि “तिमी टाढा भएपछी नशा पिउने बानी भयो” “पहिलो मायाले धोका दियो” “धनलाई माया, मन माग्यौ मन दिएँ” जस्ता थुप्रै सेण्टिमेन्टल गीतहरु सर्वप्रिय बनिसकेको छ ।

कालजयी आवाजका धनि युवा गायक सिडी विजय अधिकारीको आवाज हरेक प्रकारका गीतमा उत्तिकै फिट हुन्छ भन्ने कुरा बेलाबेलामा रिलिज हुने उनका पप,आधुनिक र लोक विधाका गीतहरुले प्रमाणित गरिसकेका छन् ।

हालै रिलिज भएको गायक अधिकारीको गीत “माया गरिदेउ” ले उनको आवाज रोमाण्टिक गीतमा झनै खुलेको छ । यो गीतमा गीतकार भरत सुवेदीको शब्द/संगीत र राजु कार्कीको एरेञ्जमा रहेको छ । यो गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ ।

यो गीतको म्युजिक भिडियोलाई मुकेश हुमागाईंले छायांकन गरेका हुन् भने यो गीतको म्युजिक भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका छन् । निर्देशकद्वय सरोज र किशनले निर्देशन गरेको यो गीतको म्युजिक भिडियोमा सविना र देव सागरले अभिनय गरेका छन् ।

म्युजिक भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *