डिआर अटुको संगीतमा”भुल्न खोजे” सार्वजनिक (भिडियो सहित)

काठमाडौ २ साउन-प्रवासमा रहेर पनि निरन्तर गीत-संगीतमा लागी रहेका संगीतकार डिआर अटुको संगीतमा अर्को गीत सार्वजनिक भएको छ । उत्तम खजुमको शब्द रचना रहेको “भुल्न खोजे“बोलको गीतलाई देवेन्द्र नेवाले एरेन्ज गरेका छन् भने प्रमोद खरेलले आवाज भरेका छन् ।

डिआर अटुले संगीत गरेका धेरै गीतहरु स्रोताहरुको मनमा बस्न सफल भईसकेका छन् । यसै सिलसिलामा साउने सक्रान्तीको अवसर पारेर साउने सक्रान्तीको शुभकामना सहित उक्त गीत सार्वजनिक गरेका हुन् ।

यो गीतको म्युजिक भिडियो पनि बनेको छ । यो गीतको म्युजिक भिडियोमा शिल्पा पोख्रेल र जीवनराज खत्रीले अभिनय गरेका छन् । उत्सव दाहालले छायांकन गरेको उक्त म्युजिक भिडियोलाई जीवन शाहीले निर्देशन गरेका छन् ।

“भुल्न खोजे” बोलको गीतको म्युजिक भिडियो हेर्न याहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *