डिएसपी संजिव शर्मा, गृहमन्त्रीको निर्देशनमा निलम्वन

काठमाडौं ५ असार- रामेछापको साबिक सैपू गाविस १, सिरिसेमा १४ वर्षीया किशोरी सुन्तली तामाङको बलात्कार र हत्या गर्ने श्याम राउतलाई कारवाहीको गर्नुको साटो उल्टै भगाएको आरोप लागेको डीएसपी संजिव शर्मालाई गृह मन्त्रालयले बढुवामा सिफारिस गरे लगत्तै गृहमन्त्री जनार्धन शर्मा प्रभाकरले तुरुन्त कारवाही गर्न निर्देशन दिएको छ ।

मन्त्रीको निर्देशन लगत्तै प्रहरी मुख्यालयले डिएसपी संजीव शर्मालाई निलम्वन गरेको छ । पाँच वर्षअघि बलात्कार पछि हत्यागरी फरार श्याम राउतलाई रामेछाप प्रहरी प्रमुख डीसपी कुमोद ढुंगेलको सक्रियतामा एक महिनाअघि नेपाल-भारतको सीमाबाट पक्राउ गरिएको थियो ।

बलात्कारी राउतको बयनका अाधारमा शर्मालाई विभागिय कारवाहीको सिफारिस गरिएको थियो । बलात्कारीलाई उन्मुक्ति दिनेलाई कारवाही साटो बढुवा सिफारिस भएको भन्दै सामाजिक संजालमा गृहमन्त्रीको अायोचना भएको थियो ।

कारवाहीको निर्देशन दिएपछि गृहमन्त्री प्रभाकरले सामाजिक संजालमै जानकारी गराउने सबैलाई धन्यवाद दिएका छन् । यो कारवाहीले प्रहरीमा हंगामा मच्‍चिएको छ । अाफू पनि कारवाहीमा पर्ने डरले गलत गरेका प्रहरी अफिसरहरु डराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *