डिभिजन टु का लागि २१ सदस्यीय राष्ट्रिय क्रिकेट टोलि घोषणा

काठमाडौ- आगामी फेब्रअरीमा नामिबियामा हुने विश्व क्रिकेट लिग डिभिजन–२ क्रिकेट प्रतियोगिताको लागि बुधबार २१ सदस्यीय प्रारम्भिक नेपाली टोली घोषणा भएको छ।

यसअघि टोलीमा परेर पनि लयमा नदेखिएको भन्ने आलोचना खेप्दै आएका विनोद भण्डारी र सागर पुन प्रारम्भिक टोलीमा अट्न असफल भएका छन् भने यू–१९ राष्ट्रिय टोलीका सदस्य रोहितकुमार पौडेल, पेशबलर किशोर महतो, रसिद खान तथा स्पिनर ललितनारायण राजवंशीले पहिलो पटक राष्ट्रिय टिमको २१ सदस्यिय सूचीमा परेका छन् ।

राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र आइसीसी प्रतिनिधि अमिनुल इस्लाम रहेको छनोट समितिले पहिलो चरणमा छनोट गरेका खेलाडीमा दीपेश श्रेष्ठ, सुनिल धमाल, सुशान भारीले पनि पुनरागमन गरेका छन्।

नामिबियामा फेब्रअरी ६ देखि १६ गतेसम्म हुने डिभिजन टूका लागि नेपाली टोलीले एकहप्ता घरेलु मैदानमा अभ्यास गरेर अन्तिम सुची सार्वजनिक गरि अभ्यास खेलको लागि दक्षिण अफ्रिका भम्रणमा जाने कार्यक्रम छ।

पारस खड्का, अनिल कुमार शाह, बसन्त रेग्मी, दीलिप नाथ, दीपेन्द्र सिंह ऐरी, दीपेश श्रेष्ठ, ज्ञानेन्द्र मल्ल, करण केसी, किशोर महतो, ललितसिंह भण्डारी, ललित नारायण राजवंशी, मोहम्मद आरिफ शेख, रोहित पौडेल, रसिद खान, सन्दीप लामिछाने, शक्ति गौचन, शरद भेषावकर, सिद्दान्त लोहनी, सोमपाल कामी, सुनिल धमाल, सुसान भारी यो पटकको टोलीमा रहेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *