डीआर अटुको”गयौ तिमी मेरो मन झस्काएर गयौ” बोलको गजल सार्वजनिक(भिडियो सहित)

फागुन ५ दक्षिण कोरिया,चर्चित संगीतकार डीआर अटुको नयाँ गजल सार्वजनिक भएको छ । कोरियामै छाँयांकन गरिएको “गयौ तिमी मेरो मन झस्काएर गयौ” बोलको गजल हालै युट्युब मार्फत सार्वजनिक भएको हो ।

दर्जनौ हिट गीतहरुलाई लयबद्ध गरिसकेका संगीतकार डीआर अटुले यो गजल बाट निक्कै आशा गरेको सूचना खबरलाई बताएका छन् । उक्त गजलको म्युजिक भिडियोलाई निर्देशक सन्जिब राईले गरेका छन् भने, सन्जिब राई र डेनिसा राईको अभिनय रहेको छ ।

यो गजलको म्युजिक भिडियोमा,गायक तथा गजलकार बिनोद बान्तावा राईको शब्द रचना, सीडी बिजय अधिकारीको स्वर अनि अहिलेका ब्यस्त एरेन्जर राजु कार्कीको एरेन्ज रहेको छ ।

बिक्रम नेम्वाङ्गको छायांकन अनि मनिष कार्कीको सम्पादन रहेको उक्त गजलको म्युजिक भिडियोमा मुनलाइट फ्लिमको प्रस्तुति रहेको छ ।

गजलको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला 

Leave a Reply

Your email address will not be published. Required fields are marked *