डीआर अटुको नयाँ संगीत रहेको “ओ परदेशी”गीतको म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित)

फागुन १४ काठमाडौ,संगीतकार डीआर अटुको नयाँ संगीत रहेको गीत सार्वजनिक भएको छ l पछिल्लो समयमा निक्कै ब्यस्त रहेका संगीतकार अटुको संगीतमा “ओ परदेशी” बोलको गीत सार्वजनिक भएको हो l

उक्त गीतमा अहिलेको चर्चित गायिका मेलिना राईको स्वर रहेको छ l यो गीतको शब्द रचना रोजी लाबुङ्ग राईले गरेकी हुन् l

यो गीतको म्युजिक भिडियो पनि बनेको छ l परदेशमा रहेका आफ्नो मायालुलाई हरक्षण सम्झेर यादै यादमा समय काटि रहेकी गाउँले केटीको कथामा आधारित म्युजिक भिडियो रहेको छ l

उक्त म्युजिक भिडियोको निर्देशन/क्यामरा/सम्पादन खगेन्द्र पन्धाक लिम्बुले गरेका छन् भने, प्रतीक्षा भट्टराई र रुक्मान लिम्बुले अभिनय गरेका छन् l

Leave a Reply

Your email address will not be published. Required fields are marked *